News Portal

  • चितवनमा रवि पक्षधर र प्रहरी बीच झडपमा परि ५ प्रहरी घाइते : रविको विपक्षमा एकाबिहानै जुलुस

    भक्तपुर, ३२ साउन
    ५४० पटक
    भक्तपुर, ३२ साउन

    अपडेट : यसैबीच रवि लामिछानेका सर्मथकले अनिश्चितकालीन चितवन बन्दकाे घाेषणा गरेको भएपनि चितवनमा त्यसकाे कुनै प्रभाव परेको छैन ।

    लामिछाने पक्षधर र पुडासैनीका पक्षधर दुबै पक्षले छुट्टा छुट्टै प्रर्दशन जारी राखेका छन् । अहिले दुबै पक्षले फरक फरक ठाउँमा प्रदर्शन जारी राखे पछि एकआपसमा दोहोरो झडप हुन सक्ने भन्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएकाे जनाएकाे छ । जिल्लाभर ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे बताइएकाे छ ।

    शुक्रवार चितवन जिल्ला प्रहरी कार्यालय क्षेत्र तनावग्रस्त रह्यो । चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई नियन्त्रणमा राखिएका कारण उक्त क्षेत्र तनावग्रस्त रहेको हो ।

    शुक्रवार बिहानैदेखि रविका समर्थकहरुले प्रहरी बिरुद्ध नाराबाजी गरेका थिए । आक्रोसित समर्थहरुले दिनभर प्रहरीलाई सताइरहेका थिए । साँझ ७ बजेको समयमा जिल्ला प्रहरी कार्यालयअगाडि भेला भएका रवि लामिछानेका समर्थकमाथि प्रहरीले अश्रुग्यास प्रहार गरि उनीहरुलाई तितर बितर पारेको छ।

    १० सेल अश्रुग्यास प्रहार भएपछि समर्थकहरु तितरबितर भएका हुन् । समर्थकहरुले ढुंगा प्रहार गरेपछि आफूहरुले बाध्य भएर अश्रुग्यास हानेको डिएसपी दीपेन्द्र शाहलाई उद्घृत गर्दै चितवन पोस्टले जनाएको छ । ५ जना प्रहरी सामान्य घाइते भएका डीएसपी शाहको भनाइ छ ।

    रवी लामिछानेका समर्थकले पाल टाँगेर प्रहरी कार्यालय अगाडि बस्ने प्रयास गरेपछि प्रहरीले उनीहरुलाई हटाउनका लागि बल प्रयोग गर्दा झडप भएको हो ।

    झडपका क्रममा प्रदर्शनकारीतर्फ भएको मानवीय क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

    पत्रकार रवि लामिछानेका समर्थकले जिल्ला अदालत परिसर दिनभरजसो घेराउ गरेका थिए । अघिल्लो र पछिल्लो दुवै गेटमा दिनभर रविको पक्षमा नाराबाजी गरेका उनीहरुले रविलाई फसाउने षड्यन्त्र भएको बताएका छन् । समर्थकको भीडका कारण रविलाई अदालतसम्म म्याद थपका लागि लैजान र हिरासतमा फिर्ता गर्नका लागि पहरीलाई निकै गाह्रो भएको थियो । जिल्ला प्रहरी कार्यालयअगाडि मूलगेटमै उनीहरुले कोणसभा गरेका थिए ।

    पत्रकार शालिकराम पुडासैनीले रेकर्ड गरेको भिडियोमा आफू मर्नुको कारण टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की रहेकोे उल्लेख छ । अहिलेसम्म कोहीविरूद्ध पनि किटानी जाहेरी नपरेको प्रहरीको भनाइ छ । आफन्तले सुरूको दिनमा दिएको सामान्य निवेदनका आधारमा अनुसन्धान अघि बढिरहेको एसपी दानबहादुर मल्लले चितवन पोस्ट लाई बताएका छन् ।

    अदालतबाट म्याद थप
    पत्रकार रवि लामिछानेसहित अन्य दुई जना युवराज कँडेल र अस्मिता कार्कीमाथि अनुसन्धान गर्न प्रहरीलाई चितवन अदालतले शुक्रबार अनुसन्धानका लागि ५ दिनको समय दिएको छ ।

    साउन ३० गतेबाट लागू हुने गरी ५ दिनको म्याद थप भएको चितवन अदालतका श्रेस्तेदार रूद्रमणि गिरीलाई उद्घृत गर्दै चितवन पोस्टले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १० दिनको समय माग गरेको भएपनि अदालतले ५ दिनको म्याद थप गरिदिएको हो ।

    उनीहरु तीनैजनालाई प्रहरीले साउन ३० गते काठमाडौँबाट पक्राउ गरी चितवन ल्याएको थियो । उनीहरु माथि आत्महत्या दुरूत्साहनअन्तर्गत अनुसन्धान थालिएको हो ।

    आउने सोमबार उनीहरुलाई पुनः अदालत पेश गरिने छ । म्याद थप गरेर हिरासतमै राखी अनुसन्धान गर्ने वा तारेखमा छाडेर अनुसन्धान गर्ने भन्ने विषयमा सरकारी वकिल र रवि लामिछाने पक्षका वकिलबीच बहस भएको थियो । लामिछानेका तर्फबाट वकिल सुनिल पोखरेल काठमाडौँबाट आएका थिए भने चितवनमा पूर्वबारका अध्यक्ष चूडामणि सापकोटाले बहस गरेको चितवन पोस्टले जनाएको छ ।

    ‘हिरासतमा नरहेर पनि मुद्दा लड्न सकिन्छ। रविजीको केसमा पनि त्यही गर्न खोजिएको हो, तर अदालतले हिरासतमै राख्नू भनी म्याद दिएको छ ।’ रविका वकिल सापकोटाले भनेका छन् ।

    भीडको अवस्था के छ
    रविका समर्थकलाई काउन्टर दिन शनिवार बिहानै चितवनमा र्याली निकालिएको छ । स्थानीय युवाहरु र मृतक सालिकरामका आफन्त र पक्षधरले प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।

    ‘एनजीओको हस्तक्षेप बन्द गर’ ‘पुडासैनीलाई न्याय गर’ भन्ने जस्ता प्लेकार्ड बोकेका मानिसहरुले चौबिसकोटी बाट जिल्ला प्रहरी कार्यालय सम्म जुलुस निकालेका छन् ।

    उनीहरुको जुलुस पछि शनिवार रविका समर्थक सडकमा नदेखिएका एक स्थानीय पत्रकारले भक्तपुर पोस्टलाई जानकारी गराए । उनले मास दुई पक्षमा विभाजित देखिएकोले झडप हुनसक्ने सम्भावना तर्फ पनि संकेत गर्दै संयमित हुनुको बिकल्प नभएको बताए ।

    साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुन्डिएको अवस्थामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका -३ घर भै माउन्टेन टेलिभिजन काठमाडौंमा काम गर्ने २७ वर्षका शालिकराम पुडासैनीको शव फेला परेको थियो । पत्रकार  पुडासैनीले मर्नु अघि रेकर्ड गरेको भिडियोमा आफू मर्नुको कारण टिभी कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की रहेकोे उल्लेख छ । सोही भिडियो रेकर्डका आधारमा प्रहरीले रवि, युवराज र अस्मितालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको हो ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...