News Portal

  • जाग्दैछन् थिमीमा देवी-देवता

    भक्तपुर, ३२ साउन
    १०७७ पटक
    भक्तपुर, ३२ साउन

    मध्यपुर थिमीमा शनिवार रातीदेखि रातीदेखि देवी देवता जागा छन् । गाईजात्राको भोलिपल्टदेखि ४ रात अर्थात भाद्र कृष्ण द्वितीया (गुँलागा द्वितीया) देखि पञ्चमीसम्म देवी देवता नचाइने परम्परा अनुसार देवी देवतानाचको शुरु भएको हो ।

    यो क्षेत्रको बोडेमा नीलवाराही, नगदेशमा महाकाली, थिमीमा भैरव भैरव नाचको प्रदर्शन हुने भएको हो । यी नाचमा देवीदेवताको मुकुण्डो लगाएर शास्त्रीय बिधि र परम्परा अनुरुप् नाच प्रदर्शन गर्ने परम्परा रही आएको छ ।

    मल्लकालमा मध्यपुर थिमी क्षेत्रमा भूतप्रेत, पिशाच, डंकिनी लगायत दानवरूपी आत्माले दुःख दिएपछि जताततै त्राहीत्राही मच्चिएको र ति दानवरुपी आत्मालाई तह लगाउन देवता जगाई नचाउने चलन चलेको जनविश्वास रहेको छ । किंवदन्ती अनुसार त्यसबेला तान्त्रिकले मानवमा देवता जगाई नचाउनाले दानवको नाश भएको थियो र त्यसैको स्मरणमा यो एक परम्परा बनेर रहेको बताइन्छ ।

    लाय्कु भैल प्याखँ
    लायकू दरबारबाट निस्किएर लाय्कु भैल प्याखँ अर्थात लायकू भैरव नाच बालकुमारी मन्दिर प्राङ्गण लगायत विभिन्न टोलमा ४ दिनसम्म प्रत्येक साँझदेखि राती अबेरसम्म सञ्चालन हुने गर्दछ ।

    भैलः प्याखँमा पाँच जना देवीदेवताले नाच प्रस्तुत गर्ने भए पनि वाद्यवादन, सहयोगी र व्यवस्थापक गरी करिव तीन सय जनाको समूह खटिनुपर्ने लाय्कू भैलः सञ्चालन समितिका संयोजक अर्जुन श्रेष्ठ बताउछन ।

    नीलवाराही नाच
    यो नाच बोडेको नारायणस्थान लाछीबाट शुरु भई लायकु छें, विष्णु घाट, महालक्ष्मी थान, भाँगुटोल, खोंसी टोल, नीलवाराही स्थान हुँदै पुनः नारायणथानमा प्रदर्शन गरेर समापन गरिन्छ । यो नाच फरकफरक दिन र समयमा फरकफरक स्थानबाट शुरु गर्ने गरिन्छ ।

    नीलवाराही नाचको देवगणमा १९ जनाको समूह हुन्छ ।

    महाकाली गँः प्याखँ 

    यो नाच नगदेशको विभिन्न भाग र आमन्त्रण भएबमोजिम मध्यपुर अन्य भागमा समेत प्रदर्शन गर्ने गरिन्छ । यसमा १९ देवगण रहन्छन ।

    प्रतिकृया दिनुहोस्

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...

    पटके बाटो इजाजत पत्र अनलाइनबाटै उपलब्ध गराइने कार्यको भक्तपुरबाट शुभारम्भ

    अब यातायात कार्यालयले पटके बाटो इजाजत पत्र अनलाइन बाटै उपलब्ध गराउने भएको छ । उक्त...