News Portal

  • ‘पासवर्ड’को लागि सन्नी लियोनी नेपाल आउने

    भक्तपुर, ५ भदौ
    ८८१ पटक
    भक्तपुर, ५ भदौ

    पोर्न स्टार भएपछि बलिउडमा आएकी भारतीय चर्चित अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छिन्। सन्नीले एक भिडियो संदेशमार्फत नेपाल आउन लागेको बताएकी हुन्।

    उनको नेपाल आउनुको कारण भने ‘पासवर्ड’ रहेको छ । नेपाली फिल्म ‘पासवर्ड’को एक गीतमा आइटम डान्स गरेकी सन्नी प्रिमियरका लागि नेपाल आउने भएकी हुन् ।

    उनले भिडियोमार्फत ११ सेप्टेम्बरमा नेपाल आउने जानकारी गराएकी छिन् । उनी ३ दिन नेपाल बस्ने बताइएको छ । उक्त फिल्म भदौ १३ बाट प्रदर्शन हुने तयारीमा छ ।

    सम्राट बस्नेतले निर्देशन गरेको ‘पासवर्ड’ फिल्ममा एक्सन थ्रीलरमा बनेको भनिएको छ। यस फिल्ममा अनुपविक्रम शाही, बिक्रम जोशी, विक्रान्त बस्नेत, बुद्धि तामाङ, छुल्ठिम गुरुङ,रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार, परी राना लगायतका कलाकारले अभिनय गरेका छन्।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न

    भक्तपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)को दोश्रो सम्मेलन सम्पन्न भएको छ । शनिवार सल्लघारीमा सम्मेलन सम्पन्न...

    राखेपमा खेलकर्मीहरुको हरिबिजोग : सदस्य सचिवमा ब्यापारीकै पल्ला भारी

    फेरि व्यापारीलाई नै खेलकुदको नेतृत्व दिने तयारी काठमाडौं, मंसिर ११– देशमा सरकार परिवर्तनसँगै नेपाली खेलकुद...

    भक्तपुरका स्ववासीको भूमि सम्बन्धी समस्या समाधान गरिने

    भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले भक्तपुरमा रहेका स्ववासी र बेनिसाको समस्या...

    चाँगुनारायणमा नरेश खड्काको नेतृत्वमा माओवादी केन्द्रको नयाँ नगर समिति निर्वाचित

    सत्ता साझेदार दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ नेतृत्व निर्वाचित...

    भक्तपुर सांगीतिक समाजको आयोजनामा २५ जनाले गरे रक्तदान

    भक्तपुर सांगीतिक समाजले आफ्नो पाँचौ स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।...