News Portal

  • पर्यटन मन्त्री भट्टराईमाथि भएको दुर्व्यवहारबारे सचिवालयले निकाल्यो विज्ञप्ति

    भक्तपुर, २९ भदौ
    ९३४ पटक
    भक्तपुर, २९ भदौ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको सचिवालयले मन्त्री भट्टराई माथि दुर्व्यवहार भएको भनेको छ । सचिवालयले एक प्रेस बक्तब्य जारी गर्दै मन्त्री भट्टराई माथि दुर्व्यवहार भएको भनेको हो ।

    शनिवार नेपालगञ्जमा जहाजभित्र मन्त्री माथि दुर्व्यवहार हुनु दुखद भनेको छ । सचिवालयले त्यो जनताको खवरदारी नभई मण्डले प्रवित्तिको धम्की भएको ठहर गर्दै त्यसबाट बिचलित नबन्ने समेत चेतावनी दिएको छ ।

    मन्त्री भट्टराईलाई पर्खिंदा विमान होल्ड भएपछि विमानमा रहेका ज्ञानेन्द्र शाहीसहितका यात्रुहरुले विरोध जनाउनुका साथै गाली गलौज गरेका थिए । शाहीले आइतवार काठमाडौको कुपन्डोलमा सोही विषयबारे बोल्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनी निसानामा परेपछि प्रहरीले उद्धार गर्नु परेको थियो ।

    मन्त्री भट्टराईले पनि आफ्ना कारण करिव १५ मिनेट उडान ढिलो भएको स्वीकार गर्दै यात्रुलाई परेको असुविधाप्रति माफी मागेका थिए ।

    यो बिषयले सामाजिक संजाल तातेपछि मन्त्रीको सचिवालयले आइतवार प्रेस बक्तब्य मार्फत आधिकारिक भनाइ सार्वजनिक गरेको हो ।

    सचिवालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ‘जनताप्रति उत्तरदायी बनाउने उद्देश्यका साथ गरिएका खबरदारीको हामी सदैब सम्मान गर्दछौं । तर, नियोजित घटनाको हामी भत्र्सना गर्दछौं  । ”

    विज्ञप्तिमा जस्तोसुकै प्रतिकुलतामा पनि देश र जनताको पक्षमा सतिसाल जस्तै ठिंग उभिईरहने प्रण गर्दै समृद्ध नेपाल र सुखी नेपालीको उदेश्य प्राप्तिका लागि लागिरहने प्रतिवद्धता प्रकट गरिएको छ ।

    हेर्नुस विज्ञप्ति

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...