News Portal

  • परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष प्रचण्डको अपिल

    काठमाडौँ, ३० भदौ
    १२७१ पटक
    काठमाडौँ, ३० भदौ

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तन विरोधीहरु बिरुद्ध प्रतिकारमा उत्रन आम युवा विद्यार्थी तथा पार्टी पंक्तिलाई आह्वान गरेका छन ।

    पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा सोमवार केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले परिवर्तन विरोधी विरुद्ध प्रतिकारमा उत्रन निर्देशन दिएका हुन् ।

    अध्यक्ष प्रचण्डले सात दशक लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिन्छ कि भनेर कसैले पनि भ्रम नपाले हुने चेतावनी दिंदै त्यस्ता प्रतिक्रियाबादी शक्ति विरुद्ध प्रतिकारमा उत्रनुको बिकल्प नभएको बताएका हुन् ।

    लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न उनले आह्वान गरे । “हत्केलाले सूर्य छेक्न सम्भव छैन । त्यो दुस्साहस गर्नेहरुलाई सबक सिकाउनु आवस्यक छ ।” उनले भने ।

    ”चारैतिरबाट पूँजीवादी र साम्राज्यवादीले घेरेका छन् । व्यक्तिवादी र आत्मकेन्द्रित प्रवृत्ति पनि हामीमा छ । तर सात दशक लामो सङ्घर्षबाट प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै मार्न सकिन्छ कि भनेर कसैले भ्रम नपाले हुन्छ ।” कार्यक्रममा उनले भने ।

    उनले अराजकता मच्चाउनेहरुमा छटपटी देखिए पनि परिवर्तनलाई रक्षा गर्दै समाजवाद उन्मुख यात्रामा अघि बढ्ने बताए । समृद्धि र विकासको प्रक्रियाबाट समाजवादको आधार तय गर्ने प्रक्रियामा रहेकोले निराश हुन नहुने अध्यक्ष प्रचण्डको भनाइ छ ।

    उक्त अवसरमा अध्यक्ष प्रचण्ड, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल,प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, नेता अमीक शेरचनलगायतले दिवंगत नेता पोस्ट बहादुर बोगतीप्रती श्रद्धान्जली व्यक्त गर्दै उनको बिबिध आयाम बारे स्मरण गरेका थिए ।

    तत्कालीन नेकपा माओवादी केन्द्रका महासचिव रहेका बोगटी पूर्वमन्त्री एवं नुवाकोटका पूर्व सांसद् थिए । उनको २०७१ साल भदौ ३० गते ह्दयघातका कारण असमायिक निधन भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...