News Portal

  • कुन दिन के तिहार भन्ने भ्रममा हुनुहुन्छ भने हेर्नुस् पञ्चाङ्ग निर्णायक समितिको विज्ञप्ति

    भक्तपुर, ३ कात्तिक
    १७९६ पटक
    भक्तपुर, ३ कात्तिक

    नेपाल पञ्चाङ्ग निर्णायक समितिले तिहार पर्वसम्बन्धी तर्कबितर्कको भ्रममा नपर्न आह्वान गरेको छ । बिभिन्न संचारमाध्यममार्फत गरिएका तर्कबितर्कको भ्रममा नपरी समितिले ठहर गरेका दिनहरुमा पर्व मनाउन आह्वान गरिएको हो ।

    आइतवार एक प्रेस विज्ञप्ति मार्फत नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष यमदीपदान कात्तिक ८ गते शुक्रवार पर्ने र कागतिहार कात्तिक ९ गते शनिवार पर्ने जनाएको छ । समितिका अनुसार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन कात्तिक १० गते आइतवार परेको छ भने गाई र गोरूपूजा, म्हपूजा कार्तिक ११ गते सोमवार पर्ने प्रष्ट पारिएको छ ।

    त्यसैगरी गोवर्द्धन पूजा, यमद्वितीया, भाइटीका कात्तिक १२ गते मङ्गलवार पर्ने जनाइएको छ । भक्तपुर पोस्टलाई प्राप्त विज्ञप्तिमा भाईटीकाको शुभ समय मङ्गलवार मध्यान्ह ११ः५५ बजेलाई तोकिएको छ । किजापूजा र नेपाल संवत् ११४० वर्षारम्भ पनि यसैदिन हुने विज्ञप्तिमा बताइएको छ ।

    पञ्चाङ्ग सम्बन्धी निर्णय गर्ने नेपाल सरकारको आधिकारिक निकाय पञ्चाङ्ग निर्णायक समितिका सदस्य-सचिव सूर्यप्रसाद ढुङ्गेल द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा आगामी वर्षको असोजमा मलमास पर्ने पनि सूचित गरिएको छ ।

    हेर्नुस् प्रेस विज्ञप्ति

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...