News Portal

  • पूर्व शिक्षक नेता लोहनी विप्लवले पदमुक्त गरेपछि गिरफ्तार

    भक्तपुर, ५ कात्तिक
    १००० पटक
    भक्तपुर, ५ कात्तिक

    नेपाल शैक्षिक गणतान्त्रिक मन्चको सस्थापक अध्यक्ष रहेर शिक्षक आन्दोलन उठाउन सफल भएको जश पाएका पूर्व शिक्षक नेता गुणराज लोहनी पक्राउ परेका छन् । उनी विप्लव नेतृत्वको नेकपामा आस्था राखेका कारण पक्राउ परेका हुन् ।

    जनयुद्दकालदेखि नै माओवादी राजनीतिमा शिक्षक संगठनको केन्द्रीय अध्यक्ष लगायतका जिम्मेवारी निर्वाह गर्दै आइरहेका लोहनी विप्लव नेतृत्वको नेकपा गठनपछि पार्टीको केन्द्रीय समितिको साथै आन्तरिक प्रकाशन रातो खबरको निर्देशकको भूमिकामा थिए । उनी स्वास्थ्य समस्याले ग्रसित भएपछि सोमवार पार्टीले उनलाई पदबाट मुक्त गरेको घोषणा गरेको थियो । पार्टीले पदमुक्त गरेको घोषणा गरेको भोलीपल्ट मंगलवार बिहानै उनी पक्राउ परेको पारिवारिक श्रोतले बताएको छ ।

    चितवनको भरतपुरस्थित आफ्नै निवासबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । ५-७ जनाको समूहमा आएका सादा पोसाकका प्रहरीले उनलाई बिना जानकारी पक्राउ गरी बेपत्ता पारेको सरला रेग्मीले बताइन् ।

    पार्टीले स्वास्थ्य प्रतिकुल रहेकोले आराम गर्न उनलाई पदमुक्त गरेको बताए पनि प्रहरीले पक्राउ गरी लगेपछि प्रहरीको आलोचना भएको छ । लोहनी लामोसमयदेखि विरलै मानिसलाई लाग्ने माइज्थेनिया ग्राबिस रोगबाट ग्रसित छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...