News Portal

  • भारतले बनाइदिएको धर्मशाला व्यापारिक प्रयोजनको लागि बतास समुहलाई दिइयो

    काठमाडौँ, ७ कात्तिक
    ८६२ पटक
    काठमाडौँ, ७ कात्तिक

    भारत सरकारले पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालुको निम्ति अनुदानमा बनाइदिएको धर्मशाला निजी कम्पनीको होटलमा परिणत गराइएको छ ।

    २४ करोड अनुदानमा भारत सरकारले बनाइदिएको धर्मशाला बतास समुहको होटेल आनन्दलाई लिजमा दिइएको हो । पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला तीनतारे होटेलमा परिणत गरिएपछि निम्न बर्गीय तिर्थालु मारमा पर्ने भएका छन् ।

    निम्न बर्गीय तिर्थालुको बासको लागि भारत सरकारले अनुदानमा बनाइदिएको धर्मशाला व्यापारिक प्रयोजनको तीनतारे होटलमा बदलिएपछि महंगो पैसा तिर्न सक्नेले मात्र बस्न पाउने भएका छन् । १९ रोपनी क्षेत्रफलमा फैलिएको धर्मशालाको ३ सय ८८ कोठालाई भत्काएर जम्मा ८० वटा मात्र कोठा रहेकाे बिलासी होटल बनाइएको छ ।

    बिमस्टेक सम्मेलनका बेला नेपाल आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त धर्मशाला हस्तान्तरण गरेका थिए। त्यसको एक वर्षमै पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समुहको होटेल आनन्दलाई दिएको हो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...