News Portal

  • धार्मिक हिंसा रोक्न कपिलबस्तुमा कर्फ्यु, एकको मृत्यु : भारतीय नागरीक भित्रिएका प्रहरीको दावी

    भक्तपुर, १४ कात्तिक
    १०४१ पटक
    भक्तपुर, १४ कात्तिक

    कपिलवस्तुमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । कपिलवस्तुको कृष्णनगरमा प्रहरीको गोली लागि सुरज कुमार पाण्डेको ज्यान गएको हो ।

    लक्ष्मीको मूर्ति बिसर्जन गर्ने विषयमा दुई पक्षबीच झडप भएको थियो । हिजो राति लक्ष्मी मूर्ति सेलाउने विषयमा विवाद बढेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले चार किल्ला तोकी आज बिहान ११ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यूको आदेश जारी गरेको थियो ।

    कर्फ्यू तोडेका कारण पाण्डेको ज्यान गएको प्रहरीको भनाइ रहेको छ । गोली लागेर ज्यान गुमाएका व्यक्ति भारतीय नागरीक भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जनाएका छन् । कृष्णनगरकाे स्थितिलाई थप उत्तेजित पार्न ठूलो समूहमा भारतीय नागरीक नेपाल पसेका समेत प्रहरीको दाबी छ।

    धार्मिक हिंसा भड्किने खतरा भएको भन्दै कपिलबस्तुका सीडीओ गजेन्द्रबहादुर श्रेष्ठको आदेशमा कृष्णनगरमा अनिश्चितकालिन कर्फ्यु जारी छ । कर्फ्यू कृष्णनगर बजारको भन्सार कार्यालयको उत्तर ७०० मिटरदेखि, पश्चिम ७०० मिटर र पूर्व ३०० मिटर क्षेत्रमा लागू गरिएको छ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...