News Portal

  • अपराधमाथि राजनीतिकरण दुखद् : डीएसपी शाही

    भक्तपुर,१८ कात्तिक
    ३१३३ पटक
    भक्तपुर,१८ कात्तिक

    पछिल्लो समय नेपाल तरुणदलका नेपालगन्ज नगर सभापति संदिपजंग शाह प्रकाउ परेको घटनालाई लिएर  बाँके कोहलपुरका डीएसपी हेम बहादुर शाही चर्चाको बिषय बनेका छन् । उनलाई नेपाली काँग्रेसले कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

    डीएसपी हेमबहादुर शाहीले संदिपसहित ६ जनालाई हतियार सहित नियन्त्रणमा लिएपछि काँग्रेस रुष्ट बनेको हो । डीएसपी शाहीले संदिपलाई फसाउन खोजेको काँग्रेसको ठहर छ । डीएसपी शाही प्रहरी आचरण विपरितका गतिविधीमा संलग्न भएको अडियो भिडियो समेत सार्वजनिक भएपछि उनीमाथि कडा कारवाहीको माग गरिएको छ । अडियोमा उनले दशैमा प्रहरीलाई खसी मागेको र आफू बिरुद्ध लागेको भन्दै धम्काएको कुरा समेत सार्वजनिक भएको छ ।

    डीएसपी शाहीले भने अपराधमाथी राजनीति हुनु निकै नै दुखद बिषय भएको बताएका छन् । डीएसपी शाहीले आफ्नो इमान्दारीतामाथि औला उठाउनु अघि कार्यकर्ताको आचरण बुझ्न अनुरोध समेत गरेका छन् । अपराधको पक्षपोषण गर्नु राजनीतिको दुरुपयोग भएको भन्दै उनले आफू गलत सावित भए कारवाही भोग्न तयार रहेको बताए ।

    ”हामीबाट काम कारबाही गर्दा कतै कमीकमजोरी भएको छ भने हामी त्यसको फल भोग्न तयार छौँ । तर अपराधमाथि राजनीतिकरण कहिँकतै पनि हुनु हुदैन ।” स्थानीय संचारकर्मीसंग उनले भने ।

    डीएसपी शाहीले देशको लागि इमान्दारीपूर्वक पेशाप्रति बफादार भएर काम गर्दा राजनीतिक रंग दल्नु दुखद बिषय भएकाे जिकिर गरे । यसले इमान्दार प्रहरीमाथि मानसिक हमलाको प्रयास भएको उनको भनाइ छ ।

    ‘छानबिन समिति बनेको भन्ने सुनेको छु, छानबिन समितिले छानबिन गरोस् ताकी राजनीति हावी नहोस् ।’ उनले भने ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...