News Portal

  • सातै प्रदेशका लागि नयाँ प्रदेश प्रमुख नियुक्त : सपथग्रहण सम्पन्न

    भक्तपुर, १८ कात्तिक
    ९५६ पटक
    भक्तपुर, १८ कात्तिक

    अपडेट : सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

    मंगलबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले एक विशेष समारोहकाबीच सातै प्रदेश प्रमुखहरूलाई शीतलनिवासमा शपथ ग्रहण गराइन् । उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित रहेका थिए ।

    सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले सोमबार नै सातै प्रदेशका लागि नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

    राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जनाए अनुसार प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णुप्रसाद प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशमा सर्मिलाकुमारी पन्त नियुक्त भएका छन् ।

    शेरबहादुर देउवा नेतृत्वको तत्कालिन सरकारको सिफारिसमा राष्ट्रपतिले यस अघि नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई गएको आइतबार पदमुक्त गरिएपछि नयाँ नियुक्ति दिइएको हो ।

     

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...