News Portal

  • काठमाडौंदेखि डोल्पासम्मको मोटरसाइकल यात्रा (फोटो फिचर)

    भक्तपुर, २२ कात्तिक
    १७४५ पटक
    भक्तपुर, २२ कात्तिक

    कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धन र भ्रमण वर्ष २०२० लाई सफल बनाउन मनघरी फाउन्डेसन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा काठमाडौंको पशुपतिदेखि शे–फोक्सुण्डोसम्म मोटरसाइकल यात्रा नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो पुगेको छ ।

    पहिलो पटक काठमाडौं पशुपतिदेखि शे–फोक्सुण्डोतालसम्म बुलेट मोटरसाइकल यात्रा भएको हो । कर्णाली प्रदेशको जाजरकोट,रुकुम पश्चिम, सल्यान र डोल्पा जिल्लाको पर्यटकीय सम्भावना भएर पनि पर्यटन प्रवर्द्धन हुन नसको भन्दै पर्यटन प्रर्वद्धन गर्ने हेतुले मोटरसाईकल यात्रा गरेको आयोजक मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए ।

    ‘जबसम्म केन्द्रीय राजधानीदेखि कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुलाई जोड्न सकिदैन, तबसम्म कर्णालीको पर्यटन प्रर्वद्धन हुँदैन’ भन्ने ठानेर आफूहरुले मोटरसाइकल बाटै कर्णालीको मनोरम रोमाञ्चक यात्रा सम्भव भएको संदेश दिन खोजेको थापाको भनाइ छ ।

    टोली चार दिन लगाएर डोल्पाको दुनै पुगेको थियो । पहिलो दिन काठमाडौंदेखि दाड, दोस्रो दिन जाजरकोट तेस्रो दिन डोल्पाका त्रिपुरकोट र चौथो दिन दुनै बजार पुगेको थियो ।

    जाजरकोटदेखि डोल्पाको दुनैसम्मको सडक अफरोड रहेको छ । बाटोमा पुलहरु नहुदा केही असहज भएको नासा बुलेट क्लबका अध्यक्ष प्रकाश लिम्बुले बताए । भर्खरै मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिएको डोल्पा जिल्लामा रहेको नेपालकै गहिरो ताल शे–फोक्सन्डो, विश्वकै उच्च मानव बस्ती धो–ताक्सी, २०५२ सालमा नेपालको हो भनेर पत्ता लागेको छार्का भोटको कु–गाउँ, नेपालकै एक मात्र शहरतारामा बोलिने काईके भाषा लगायतका धेरै प्राकृतिक सौन्दर्य भएर पनि उचित प्रचार प्रसार हुन सकेको छैन ।

    यस मोटरसाइकल यात्राले केही भए पनि प्रचार प्रसारमा सहयोग पुग्ने नेपाल बुद्धिजीवी परिषद, डोल्पाका अध्यक्ष आड बहादुर लामा बताउँछन् ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...