News Portal

  • अन्तरधार्मिक विषयलाई तोडमरोड नगरी गहिरिएर लेख्नुपर्नेमा जोड

    भक्तपुर, २२ कात्तिक
    १६७५ पटक
    भक्तपुर, २२ कात्तिक

    अन्तरधार्मिक शान्ति महासंघ नेपाल (आइपीएफएन)द्वारा आयोजित अन्तरक्रियामा धार्मिक संस्थाहरु र मिडियाबीच संवाद, साझेदारी र सहकार्य हुनुपर्नेमा जोड दिइएको छ । राजधानीमा शुक्रवार आयोजित अन्तरक्रिया कार्यक्रममा धार्मिक संस्थाहरु र मिडियाबीच संवाद, साझेदारी र सहकार्य हुनुपर्नेमा जोड दिइएको हो ।

    धार्मिक संस्थाहरु र मिडियाबीच ज्ञाप हुँदा आउनुपर्ने समाचार नआइरहेको भन्दै बक्ताहरुले आपसी संवाद, साझेदारी र सहकार्यले धार्मिक संस्थालाई एकांकी हुनबाट र मिडियालाई गैरजिम्मेवार हुनबाट रोक्ने निष्कर्ष निकालिएको थियो ।

    उक्त ‘अन्तरधार्मिक संवाद र मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले सामाजिक शान्तिका लागि धार्मिक संस्थाहरुबीचको सहकार्यमा जोड दिएका हुन् । साथै वक्ताहरुले सामाजिक संवादलाई जीवन्त बनाउन मिडियाले ठूलो भूमिका खेल्नेमा जोड दिँदै मिडियाले यी विषयलाई महत्व दिनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रतिनिधिहरुसहित ३० जनाभन्दा बढी विभिन्न रेडियो, टेलिभिजन, पत्रिका र अनलाइनमा आवद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो । त्यसैगरी हिन्दु, किरात, मुस्लिम, क्रिस्टियन, बुद्धिस्ट, बहाई धर्मका अगुवाहरुको पनि उपस्थिति रहेको थियो ।

    नेपालमा इन्टरफेथमा काम गर्ने विभिन्न संस्थाहरुले हालै बनाएको महासंघले विभिन्न मिडिया सञ्चारकर्मी तथा पत्रकारहरुसँग संवाद कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमममा बोल्दै अन्तरधार्मिक शान्ति महासंघ नेपालका अध्यक्ष रामभक्त कुरुम्वाङ लिम्बुले मिडियाबाट जाने सन्देशले समाजमा ठूलो असर र प्रभाव पर्ने भएकोले अन्तरधार्मिक विषयलाई गहिरिएर लेख्न आग्रह गरे । उनले सबैको उद्देश्य समाजमा शान्ति कायम गर्नेतिर भएको भन्दै मिडियाले यो भावनालाई तोड्नेतिर नभई जोड्नेतिर भूमिका निर्वाह गर्नुपर्ने बताए ।

    कार्यक्रममा इन्टरफेथका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका नरेन्द्र पाण्डेले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले इन्टरफेथ डायलगका बारेमा प्रस्ट पार्दै मिडियाले खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गरे । उनले आफ्नो कार्यपत्रमा नेपाली मिडियाको अहिलेसम्मको भूमिकालाई केलाउनुका साथै कमिकमजोरीहरुमाथि पनि चर्चा गरे । उनले मिडियाले सत्यको तोडमरोड गर्न नहुने, अर्काको आस्थामाथि चोट पु¥याउन नहुने र सबैले मानव हितका लागि सोच्नुपर्नेमा जोड दिए ।

    युनाइटेड मिशन टु नेपालको सहयोगमा आइपीएफएनले आगामी दिनमा यो संवादलाई व्यापक बनाउँदै लैजाने बताएको छ । कार्यक्रममा उपस्थित विभिन्न मिडियाकर्मीहरुले पनि आआफ्ना बुझाई प्रस्तुत गर्नुका साथै आयोजकलाई आफ्ना सुझाव र जिज्ञासा राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...