News Portal

  • विकासे नारा झुटा भएको भन्दै त्यसको पछि नलाग्न साझाका उम्मेदवार सुरजको अपिल

    भक्तपुर, ५ मङ्सिर
    १६३३ पटक
    भक्तपुर, ५ मङ्सिर

    मंसिर १४ गते भक्तपुरमा हुने उपनिर्वाचनका उम्मेदवारहरुले विकासे नारा दिए सचेत बन्न साझा पार्टीका उम्मेदवार सुरज प्रधानले अनुरोध गरेका छन् । प्रदेश सभा सदस्यका लागि हुने उक्त उपनिर्वाचनमा विकासे नारा उपयुक्त नभएको उनको भनाइ छ ।

    विहीवार भक्तपुरमा प्रेस मिट सेन्टर द्वारा आयोजित उम्मेदवार साक्षात्कार कार्यक्रममा साझा पार्टीका प्रधानले प्रदेश सभामा निर्वाचित सांसदहरुले ऐन कानुन बनाउने काम गर्ने भएकाले उनीहरुले दिने विकासे नारा झुटा भएको भनेका हुन् ।

    प्रधानले प्रदेश सभामा निर्वाचित सांसदहरुको काम विकास गर्ने नभएको बताए । उनीहरुको काम ऐन कानुन बनाउने रहेकोले
    उनीहरुले दिने विकासे नारामा नफस्न उनले सचेत गराए । यही कारण आफनो पार्टीबाट प्रदेश सभामा निर्वाचित ३ तीनजना साँंसदहरुले
    निर्वाचन क्षेत्र विकास कोषको रकमलाई नलिएको उनको जिकिर छ । सरकारले प्रति प्रदेश साँंसद तीन करोड रुपैयाँं दिनेगरेको छ ।

    कार्यक्रममा राष्टिय प्रजातन्त्र पार्टीबाट उम्मेदबार श्याम नेपालले ठूला पार्टी भनाउँंदाहरुले चरम भ्रष्टाचार गरेको आरोप लगाए । उनले त्यसको अन्त्यको लागि आफनो उम्मेदबारी भएको भनेका थिए । उम्मेदवार नेपालले राजसंस्था पुन:स्थापना र देशको सिमा रक्षा आफनो मूख्य निर्वाचन एजेन्डा रहेको बताए । ठूला दलहरुको आश्वासनमा नअल्झन समेत मतदातालाई उनले आग्रह गरे ।

    कार्यक्रम प्रेस मिट सेन्टरका अध्यक्ष केशव लुइँटेलको अध्यक्षतामा संचालन गरिएको थियो । उक्त सेन्टरको विहीवार प्रेस काउन्सिलका अधिकृत झपेन्द्र ढकालले औपचारिक उद्घाटन समेत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...