News Portal

  • घुस लिंदालिंदै सर्लाहीका प्रहरी इन्स्पेक्टर पक्राउ

    सर्लाही, १३ मङ्सिर
    ६१६ पटक
    सर्लाही, १३ मङ्सिर

    अपराधी समाउने जिम्मा पाएको प्रहरीका एक अधिकारी आफै पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत एक प्रहरी निरीक्षकलाइ अख्तियारले पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा प्रहरी निरीक्षक रामकिशोर साह रहेका छन् । घुस लिँदै गर्दा उनी रंगेहात पक्राउ परेका हुन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले साहलाई ९० हजार घुससहित जनकपुरबाट समातेको हो ।

    ठगी मुद्दा मिलाइदिन्छु भनी घुस माग गरेपछि साहलाई घुस लिंदालिदै समातेको अख्तियारको भनाइ छ । बिहीबार साहलाई जनकपुर महानगरपालिका–८ स्थित सीता प्यालेस होटलबाट पक्राउ गरि आवश्यक अनुसन्धान भैरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यरातमा लुटियो आकाश भैरवको मुर्ति

    हल्चोक स्थित हल्चोक आकाश भैरवको मुर्ति मध्यरातमा लुटिएको छ। हल्चोक आकाश भैरव गुथिका अध्यक्ष सागर...

    बनेपालीको नेतृत्वमा बन्यो बागमती प्रदेश स्तरीय लेखक संघ

    अखिल नेपाल लेखक संघ, बागमती प्रदेशमा अगिव बनेपालीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ ।...

    भक्तपुर नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु

    भक्तपुर नगरपालिकाले हरेक वर्ष गर्दै आएको नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता शुरु भएको छ । सोमबार...

    भक्तपुरका ८ मानन्धर सम्मानित

    भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष शिवप्रसाद मानन्धरसहित ८ जना अगुवा मानन्धरहरुलाई सम्मान गरिएको छ...

    जुगलको अध्यक्षतामा प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व निर्वाचित

    क्रान्तिकारी पत्रकारहरुको संगठन प्रेस सेन्टर नेपालको चितवनमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको...