News Portal

  • पालुङटारका मेयर कँडेलको नमूना काम : बच्चालाई १ हजारसहित नि:शुल्क बैंक खाता

    गोरखा, १८ मङ्सिर
    ६८६ पटक
    गोरखा, १८ मङ्सिर

    गोरखाको पालुङटार नगरपालिकाले स्वास्थ्य संस्था वा बर्थिङ्ग सेन्टरमा जन्मने बच्चाहरुको लागि १ हजार रुपियाँ राखेर निशुल्क बैंक खाता खोल्ने कार्यक्रमको शुभारम्भ गरेको छ ।

    बुधवार एक विशेष कार्यक्रमका बीच इन्जिनियरसमेत रहेका नगर प्रमुख दीपकबाबु कडेलले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् । उनले वडा नम्बर ६ का बालक आरोग्य मणि बिश्वकर्माको बैंक खाता खोल्दै नगरपालिकाको महत्वपूर्ण कायक्रम मानिएको नाबालकहरुको खाता खोल्ने कार्यक्रम शुभारम्भ गरेका हुन् ।

    पालुङटार नगरपालिकाको पाचौं नगर सभा २०७६ बाट पारित भएका नीति तथा कार्यक्रमहरु अन्तर्गत स्वास्थ्य संस्था वा बर्थिङ्ग सेन्टरमा जन्मने बच्चाहरुको बैंक खाता खोलिदिने कार्य शुरु भएको नगर प्रमुख कडेलले बताएका छन् । यस आर्थिक वर्षको शुरुको दिन अर्थात गत साउन १ देखि जन्मेका बच्चाहरुको खाता खोल्दा नगरपालिकाले एक हजार रुपैयाँ बैक दाखिला गरिदिने उनको भनाइ छ ।

    नगरपालिकाको यस योजनाले बच्चा र अभिभावकमा बचत गर्ने बानीको बिकास हुनुका साथै स्थानीय जनसमुदाय बैंकिंग प्रणालीमा जोडिने समेत नगर प्रमुख कडेलले बिस्वास व्यक्त गरे । यसले निम्न आयश्रोत भएका आमाहरुलाई स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउन प्रेरित गर्ने समेत उनको तर्क छ ।

    प्रभु बैंक संग सहकार्य भएकोले उक्त बैंकले निशुल्क खाता खोलिदिने  र त्यसमा नगरपालिकाले १ हजार राखिदिने जानकारी गराउदै प्रमुख कडेलले भक्तपुर पोस्ट संग भने, ”हेर्दा सानो रकम देखिएपनि यसले सम्पूर्ण नगरबासीलाई बैंकिंग प्रणालीमा जोड्न ठूलो मद्दत मिल्नेछ ।”

    स्थानीयहरुको उत्साहजनक उपस्थिति रहेको उक्त खाता खोल्ने कार्यक्रमको अध्यक्षता नगरपालिकाका लेखा अधिकृत सुमन शर्माले गरेका थिए । उक्त अवसरमा नगरपालिकाका स्वास्थ्य शाखाका दिपेन्द्र गिरी, प्रभु बैंकका सूर्य न्यौपाने लगायतले यसको महत्वबारे थप प्रकाश पारेका थिए भने खाता खोलिएका नाबालकका अभिभावक दंग देखिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...