News Portal

  • बम बिस्फोटमा ज्यान गुमाएका इन्स्पेक्टर दाहालको अन्त्येष्टि : बुबाले दिए दागबत्ती

    भक्तपुर, २८ मङ्सिर
    ७८३ पटक
    भक्तपुर, २८ मङ्सिर

    धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परि मृत्यु भएका प्रहरी इन्स्पेक्टर अमिर कुमार दाहालको अन्त्यष्टि गरिएको छ । पशुपति स्थित आर्यघाटमा उनको अन्त्यष्टि गरिएको हो ।

    शनिवार साँझ इन्स्पेक्टर दाहालका बुबा प्रकाश शर्मा दाहालले उनलाई दागबत्ती दिएका थिए । सो अघि पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक लगायतका प्रहरीका बरिष्ठ पदाधिकारी र आफन्तजनले श्रद्धान्जली अर्पण गरेका थिए भने नेपाल प्रहरीको टुकडीले अन्तिम सलामी र शोक सलामी अर्पण गरेको थियो।

    मृतक दाहालका बुबाआमा, श्रीमती र एक छोरा छन् । २०५५ सालमा असई बाट नेपाल प्रहरीको सेवा प्रवेश गरेका दाहाल ४ महिना अघिदेखि मात्र ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको प्रमुखको रुपमा कार्यरत थिए ।

    धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा शुक्रबार मध्यराति ४६ वर्षीय औषधी व्यवसायी राजेस साहको घरमा राखिएको बमबारे बुझ्न घटनास्थल तर्फ गएका दाहालले बम छुना साथ् बिष्फोट भएको थियो । विस्फोट हुँदा घर बेटी राजेश र उनका छोरा २४ वर्षीय छोरा
    आनन्द साहको घटना स्थलमै मृत्यु भएको थियो भने सोहि विस्फोटमा परि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्चार्ज प्रहरी निरिक्षक अमिर कुमार दाहालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    विस्फोटमा परी राजेश साहको कान्छो छोरो १४ वर्षीय प्रकाश साह, छोरी २२ वर्षीया निक्की कुमारी साह र बुबा ७३ वर्षीय भिखारी साह घाईते भएका छन् भने प्रहरी जवान रिजनाथ कुमार महतो पनि घाईते भएका छन् ।

    प्रदेश २ को राजधानी जनकपुर देखि १६ किमि उत्तर रहेको घटनास्थलमा शुक्रबार राति १२ बजे साहको घरको मुख्य कम्पाउन्ड वालबाट भित्र नव निर्मित घरको बाहिरको फलामको गेटमा बम झुन्ड्याइएको थियो ।

    राति पिसाब फेर्न उठेका परिवारका सदस्यले बम जस्तो झुण्डिएको झोला देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाउना साथ अमिर आफ्नै नेतृत्वमा प्रहरी टोली लिएर घटनास्थल पुगेका थिए । गेटमा झुण्डिएको झोला बम हो वा होइन भनि यकिन गर्नको लागि  उनले छुने बितिकै विस्फोट भएको प्रहरीले जनाएको छ ।

    प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार बम कसले र किन राख्यो भन्ने विषय पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ र केहि शंकास्पद व्यक्तिहरु पक्राउ समेत परेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...