News Portal

  • टुटल र पठाओ रोक्ने अर्को प्रयास पनि असफल

    भक्तपुर, १ पुस
    १०६६ पटक
    भक्तपुर, १ पुस

    उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा संघले टुटल, पठाओलगायत राइड शेयरिङ कम्पनी विरुद्ध रिट दायर गरेको थियो । उक्त रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

    निजी सवारीमा यात्रु बोक्ने कम्पनीहरुलाई रोक लगाउनुपर्ने माग गरी पाटन उच्च अदालतमा रिट दायर गरिएको हो । सोमवार न्यायाधीश प्रभा बस्नेत र शान्ता सेढाई सापकोटाको इजलाशले टुटल र पठाओलगायत राइड शेयरिङ सेवा नरोक्न आदेश दिएको हो ।

    उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा संघले मंसिर २० गते पाटन उच्च अदालतमा दायर गरेको रिटमा अदालतले सोमवार दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो । अन्तरिम आदेश नदिएपनि उच्च अदालतले टुटल, पठाओ, यातायात व्यवस्था विभाग तथा ट्राफिक प्रहरी महाशाखासँग लिखित जवाफ भने माग गरेको छ ।

    यता राइड शेयरिङ कम्पनीहरूको संख्या बढेसँगै यातायात व्यवस्था विभागले ‘संघीय सवारी तथा यातायात ऐन’को मस्यौदा तयार पारेको छ । ‘राइड शेयरिङ’ सेवालाई कानूनी दायरामा ल्याउने गरी मस्यौदा तयार गरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...