News Portal

  • अमेरिकामा लुकेर बसेका सई पक्राउ

    भक्तपुर, ३ पुस
    ११४६ पटक
    भक्तपुर, ३ पुस

    सशस्त्र प्रहरी बलले एक जना प्रहरीलाई पक्राउ गरेको छ । तालिम लिन गएर अमेरिकामै लुकेको आरोपमा सशस्त्र प्रहरी बलले प्रहरी नायब निरीक्षक (सई) लाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा तत्कालीन सई उमेश सिलवाल रहेका छन् ।

    सिलवाल १० वर्षअघि भीआईपी प्रोटेक्सन तालिमका लागि अमेरिका गएको सशस्त्र प्रहरीले जानकारी दिए । तालिम २०६७ साल फागुन ३० गतेदेखि चैत १८ गतेसम्म सञ्चालन भएको थियो । तालिम सकिएर पनि उनि फर्केर आएनन् अमेरिकामै लुकेर बसे ।

    उनलाई सशस्त्र प्रहरीको विशेष अदालतले २०७५ साल भदौ ३१ गते दोषी ठहर गर्दै तीन वर्ष कैद सजाय सुनाएको थियो ।

    पक्राउपछि आइतबार उनलाई महान्यायधिवक्ताको कार्यालयमा लगेर आवश्यक कानूनी प्रक्रिया पूरा गरेर डिल्लीबजार कारागार पठाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...