News Portal

  • आफुमाथी राजनीतिक हिंसा भएको तुम्बाहाङ्फेको टिप्पनी

    भक्तपुर, २८ पुस
    १३३९ पटक
    भक्तपुर, २८ पुस

    उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफुमाथी राजनीतिक हिंसा भएको टिप्पनी गरेकी छिन् । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी नेकपा का प्रभावशाली नेताहरुले आफुमाथी राजनीतिक हिंसा गरेको बताउन थालेकी छिन् ।

    मैले राजीनामा नदिएका कारण संसद र दल बन्धक बन्यो भन्ने आरोप लगाइयो, तुम्बाहाङ्फेले भनिन् बन्धक भन्ने शब्दको कानुनी अर्थ के हो रु यो शब्द एक प्रकारको हिंसात्मक शब्द हो । तुम्बाहाङ्फेले नेकपा सचिवालयको निर्णय र नेताको बोलीले आफुलाई हिंसा गरेको बताएकी छिन् ।

    शनिवार बसेको नेकपा सचिवालय बैठकले तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर उनले नेकपा सचिवालय बैठकको निर्णयलाई चुनौति दिएकी छिन् । गत विहीबार नेता बामदेव गौतम निवास भैसेपाटीमा पनि उपसभामुखका बिषयमा छलफल भएको थियो । त्यहाँ गरिएको निर्णय बालुवाटारमा गएर माइन्युट गरिएको बुझाई रहेको छ ।

    शिवमायाले राजीनामा नदिँदा सभामुख चयन हुन नसकेको टिप्पनी नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउँदै आएका छन् । उनीहरुको भनाईप्रति शिवमायाले चर्को असन्तुष्टी राखेकी छिन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...