News Portal

  • न्यूनतम उपलब्धि हासिल नगरे शिक्षकको जागिर चट् !

    भक्तपुरपोष्ट संवाददाता३ माघ २०७६
    ३७३६ पटक
    ३ माघ २०७६

    काठमाडौं । आफूले पढाउने कक्षा र विषयमा विद्यार्थीको तोकिएको उपलब्धिस्तर हासिल गराउन नसके शिक्षकहरुको जागिर चट् हुने भएको छ ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको शिक्षा ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । ऐनको मस्यौदामा परिच्छेद ६ को दफा ५९ को उपदफा २ को (ज)मा यस्तो व्यवस्था गरिएको हो ।

    मस्यौदामा देहायका अवस्थामा शिक्षक र कर्मचारीलाई पदबाट हटाइनेछ भनी नौ अवस्थाहरु उल्लेख गरिएको छ ।

    मस्यौदामा पदीय दायित्व पुरा नगर्ने, विना सूचना लगातार पन्ध्र दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा वा विद्यालयमा मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा पनि शिक्षक र विद्यालय कर्मचारी पदबाट हट्ने उल्लेख छ ।

    यस्तै, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय पाएमा वा सार्वजनिक विद्यालयका शिक्षक वा कर्मचारीले विद्यालय समयमा अन्यत्र अध्यापन वा काम गरेमा वा अन्य कुनै व्यावसायिक क्रियाकलाप गरेमा पनि सेवाबाट हटाइने व्यवस्था मस्यौदामा गरिएको छ ।

    अन्य कुनैपनि देशको स्थायी आवासीय अनुमतिपत्र(डिभि,पिआर) लिएको प्रमाणित भएमा वा राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको प्रमाणित भएमा पनि शिक्षक कर्मचारीले जागिर गुमाउने मस्यौदामा उल्लेख गरिएको छ । तोकिएको अधिकारीको स्वीकृति नलिई खटिएको विद्यालय बाहेक अन्यत्र शिक्षण वा प्रशिक्षण कार्य गरेमा पनि शिक्षकहरु बर्खास्तीमा पर्ने भएका हुन् ।

    यस्तै, मस्यौदामा स्पष्टीकरणः खण्डमा राजनीतिक दलको कार्यकारिणी समिति’ भन्नाले दलको विधान बमोजिम गठित सङ्घीयस्तर, प्रदेशस्तर, जिल्लास्तर वा स्थानीयस्तरका कार्यकारिणी समिति बुझिने स्पष्ट पारिएको छ ।

    1

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...