News Portal

  • अक्षकुमार बने अहिलेसम्मकै महँगो हिरो, एउटै फिल्मको पारिश्रमिक १२० करोड !

    भक्तपुरपोष्ट संवाददाता७ माघ २०७६
    १३४८ पटक
    ७ माघ २०७६

    बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समयका निकै व्यस्त छन् । अन्य सुपरस्टार वर्षमा एक फिल्म दिन सफल छन् । तर उनले वर्षमा ३ वा ४ फिल्म दिने गरेका छन् । त्यो पनि सुपर हिट ।

    गतवर्ष अर्थात २०१९को कुरा गर्ने हो भने उनी बलिउडको सबैभन्दा बढी कमाउने अभिनेता समेत बने ।

    अक्षयकुमार अहिले रोहिट शेट्टीको फिल्म ‘सूर्यवंशी’ अभिनय गरिरहेका छन् भने निर्माता निर्देशक आनन्द एलरायले आफ्नो नयाँ फिल्मका लागि पनि उनलाई साइन गरेको चर्चा छ । आनन्दको फिल्ममा सारा अलि खान र धनुषको पनि अभिनय रहनेछ ।

    एकपछि अर्काे फिल्म लगातार हिट दिएका अक्षयकुमारले अहिले आफ्नो पारिश्रमिक पनि बढाएका छन् । आनन्द रायको फिल्मका लागि पनि उनले १२० करोड पारिश्रमिक लिएको चर्चा छ । जुन फिस अहिलेसम्मकै महँगो हुने बताइएको छ । तर यस बिषयमा भने अक्षयकुमारले कुनै आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।

    आनन्दको फिल्म छिट्टै घोषणा हुँदैछ । प्रेमकथामा बन्न लागेको यो फिल्मको सुटिङ केही महिनापछि सुरु हुने बताइएको छ । अहिले अक्षयकुमारसँग लक्ष्मी बमर र बच्चन पाण्डे नामका दुई फिल्म पनि हातमा छन् । यी फिल्मको काम उनले सुर्यवंशीपछि थाल्नेछन् ।

    -एजेन्सी

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...