News Portal

  • गुप्ताङ्ग काटेर आगो लगाई बीभत्स हत्याको कारण केवल रक्सी : २ अभियुक्त सार्वजनिक

    भक्तपुरपोष्ट संवाददाताझापा, २४ माघ
    १२५१ पटक
    झापा, २४ माघ

    झापामा गत माघ २० गते भएको बीभत्स हत्यामा संलग्नहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड २ मा बिभत्स हत्या गरिएका ४० वर्षीय भारतीय नागरिक सुवास शेखको हत्यामा संलग्न भएको आरोपमा २ स्थानीय युवाहरुलाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो ।

    जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख रहेका एसपी कृष्ण तिम्सिनाका अनुसार ४० वर्षीय शेखको हत्यामा बिर्तामोड – २ कै स्थानीय २० वर्षीय करण चौधरी र २८ वर्षीय लक्ष्मण यादवको संलग्नता भेटिएको छ । स्थानीय होटलमा मादक पदार्थ सेवन गरिरहेका उनीहरुको शेखसंग बिबाद भएपछी हत्या गरिएको बताइएको छ । शेख पनि त्यहि बसेर रक्सी खाइरहेका थिए ।

    शुक्रबार पत्रकार सम्मेलन गर्दै जिप्रका झापाले हत्याको आरोपमा पक्राउ गरिएको चौधरी र यादवले हत्या स्वीकार गरेको जनाएको छ ।

    ”माघ २० गते साँझ एक होटलमा रक्सी सेवन गर्दा बिबाद भएपछि चौधरी र यादव दुबैजना मिलेर शेखलाई इट्टा र ढुङ्गाले हानेर घाइते बनाए त्यतिले पनि चित्त नबुझेपछि उनीहरुले शेखको लिङ्ग काटेर मारे । त्यसपछि नजिकै रहेको परालभित्र राखेर आगो सल्काइदिए ।” पत्रकार सम्मेलनमा प्रहरीले भनेको छ । उनीहरुको साथबाट गुप्ताङ्ग काट्न प्रयोग गरिएको चक्कु लगायतका सामान समेत बरामद गरिएको प्रहरीको भनाइ छ ।

    मृतक शेख र अभियुक्त चौधरी तथा यादव बीच कुनै पुरानो रिसिवी नभएको र अचानक होटलमा मादक पदार्थ सेवन गर्नेक्रममा बिबाद हुँदा बिभत्स हत्याको रुप लिएको देखिएको एसपी तिम्सिनाले बताए ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...