News Portal

  • मन्त्रिपरिषद बैठक सकियो, नयाँ आइजीपीको टुङ्गो लागेन

    भक्तपुरपोष्ट संवाददाता२७ माघ २०७६
    ५९० पटक
    २७ माघ २०७६

    काठमाडौं । नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आइजीपी) टुङ्गो लगाउन आज ,(सोमबार) बसेको मन्त्रिपरिषद बैठकले कुनै निर्णय गर्न सकेन । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल प्रहरीको आईजीपी छनोट गर्न नसकेको हो ।

    आईजीपी नियुक्तिका लागि मंगलबार फेरि मन्त्रिपरिषद बैठक बस्ने एक मन्त्रीले जानकारी दिएका छन् । मंगलबार बिहान १० बजे मन्त्रिपरिषद बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा नयाँ आईजीपी कसलाई बनाउने भन्नेबारे सामान्य छलफल भएको ती मन्त्रीले बताएका छन् ।

    नयाँ आइजिपीका लागि तीन डीआईजीले दाबेदारी प्रस्तुत गरिरहेका छन् । जसमा प्रदेश–१ मा कार्यरत ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशमा कार्यरत तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयमा कार्यरत सूर्यप्रसाद उपाध्याय छन् ।

    महानिरीक्षक सर्वेन्द्रनाथ खनालले मंगलबार अनिवार्य अवकाश पाएसँगै नेपाल प्रहरीको नयाँ नेतृत्व को होला भन्ने चासोको विषय बनेको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...