News Portal

  • नवनियुक्त अध्यक्ष अर्याललाई प्रेस संगठनको शुभकामना

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १९ फागुन
    ११०९ पटक
    भक्तपुर, १९ फागुन

    प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीले श्रमजीवी पत्रकारका लागि गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष राजेन्द्र अर्याललाई बधाई दिंदै श्रमजीवी पत्रकारका मुद्दा सम्बोधन हुने विस्वास व्यक्त गरेको छ ।

    सोमबार संगठनको उपत्यका प्रदेश कमिटीको विस्तारित बैठकमा प्रमुख अतिथिको रुपमा उपस्थित संगठनका केन्द्रीय नेता अर्यालले महत्वपूर्ण जिम्मेवारी पाएकोमा खुशी व्यक्त गर्दै बधाई तथा शुभकामना कार्यक्रम गरिएको संयोजक नवराज दाहालले जानकारी दिए । कार्यक्रममा संगठनका उपत्यका इन्चार्ज शुरोजंग पाण्डे, सहसंयोजक प्रकाश सिलवाल, वागमति प्रदेश इन्चार्ज विश्वमणि सुवेदी,उपत्यकाका तिन वटै जिल्लाका संयोजक सहसंयोजक लगायतको उपस्थिति रहेको बताइएको छ ।

    उक्त अवसरमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष अर्यालले आफू पत्रकारको हकहितका लागि कुनै कसर बाँकी नराख्ने भन्दै प्रेस संगठनको नेता भन्न गर्व लाग्ने गरी आफ्नो जिम्मेवारी पुरा गर्ने प्रतिवद्धता प्रकट गरेका थिए ।

    तत्कालिन प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका अर्याल प्रेस संगठन नेपालका केन्द्रीय नेता हुन् । समितिका निवर्तमान अध्यक्ष गंगाधर पराजुलीको कार्यकाल सकिएपछि रिक्त भएको पदमा आइतवार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

     

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...