News Portal

  • आफू नाङ्गिएर अरुलाई नङ्गाउने दाउपेँच चल्दैछ

    भक्तपुर, २१ चैत
    ९७९ पटक
    भक्तपुर, २१ चैत

    गोकुल बास्कोटा

    कोरोनाको महामारी ढिलोचाँडो सकिएर जान्छ । प्रकृतिसंग संघर्ष गर्दै आएको मानव जातिको क्षमताको कारण यसले धेरै दिन दुख नदेला । यो हामीबाट जाँदै गर्दा यसले हामीले रोजेको विकासको मोडल, हाम्रो अर्थतन्त्र, हाम्रो सामाजिक संस्कार र जिवनपद्धती, हाम्रो वातावरण, हाम्रो मनोविज्ञान, हाम्रो शिक्षा, हाम्रो स्वास्थ्य प्रणालीमा कस्तो प्रभाव छोड्ला त ?

    कोरोनाले गर्दा धेरै युवाहरु रोजगारीका लागि विदेश जान पाएका छैनन् । यो महामारीले छोडेर जाने विश्वव्यापी आर्थिक मन्दिका कारण विदेशतिर उध्धोग कलकारखाना बन्द भए भने अथवा केही समयका लागि तिनिहरुको आर्थिक अबस्था कमजोर भयो भने त्याे काम गर्ने नेपाली युवाहरु बेरोजगार बन्नेछन् र घर फर्किनेछन् । त्यतिबेलाको बेरोजगारी र रेमिट्यान्सको कमिलाई हामीले कसरी व्यवस्थापन गर्न सक्छौ ?

    नेपालमा गाउँलाई सहरले निल्दै गएको छ । पारिवारिक र सामाजिक सम्बन्ध कमजोर बन्दै गएको छ । हाम्रो जिवनपद्धतीको मौलिकता हराउदै गएको छ । यस्तोमा अहिले कोरोनाले सामाजिक दुरी कायम गर्न हामीलाई बाध्य पारेको छ । यो महामारीपछि हाम्रो सामाजिक मुल्य र जिवनपद्धतीको मौलिकतालाइ जोगाउन हामीले गर्नसक्ने काम केही हुनसक्छ कि सक्तैन ?

    कोरोनाले कृषि क्षेत्रमा चुनौति संगै अबसर पनि ल्याएको छ । समृद्ध नेपाल, सुखि नेपालीको अवधारणाले जिविकामुखी कृषिलाई व्यवसायमुखी आधुनिक कृषिमा बदल्ने र कृषि उपजको उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने संकल्प लिएको छ । यो संगै हामीले अर्गानिक उत्पादनबारे पनि सोच्नुपर्ला । कोरोनाको कारण कृषि उत्पादनको आयात साघुरिएको यो समयलाई हामी कृषि क्षेत्रको विकास गर्नेगरी उपयोग गर्न सक्छौ कि सक्तैनौ ?

    रोगव्याधि फैलिनुको मुख्य कारण वातावरण विनाश हो भन्ने सुनिन्छ । हिमाल, हिमनदि, हिमताल, घना जंगल भएको हाम्रो देशले पृथ्विको वातावरण विनाश गराउन खेलेको भिमका निक्कै सानो छ । तर वातावरण विनाशको ठूलै असर हामि भोग्नु पर्दै छ । कोरोनाको महामारीपछि नेपालले प्रकृतिको अन्धाधुन्ध दोहनको विरोधमा संसारभरी उठेको आवाजलाई नेतृत्व दिन सक्छ कि सक्दैन ? सक्छ भने यसका लागि के गर्नुपर्छ ?

    सत्यलाई लखेट्ने र लखेटिने क्रम चल्दै आएको छ । चल्दै पनि जाला । आफु नांगिएर अरुलाई नंग्याउने दाउपेच चल्दै गर्दा हामीले महामारीपछि अपनाउनुपर्ने बाटोबारे सोच्न, सुझाव दिन पनि ध्यान दिए राम्रै होला कि ?

    मैले यसो भन्दा प्रिअकुपाइड माइन्डसेट भएका र डीप फेकको सिकार बनेकाहरुले के भन्छन् भन्ने पनि मलाई था छ । तर अध्यारोको राज सुर्य नझुल्किन्जेललाई मात्र हो ।

    (निवर्तमान सञ्चारमन्त्री बास्कोटाकाे सामाजिक संजाल मार्फत ब्यक्त विचार )

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...