News Portal

  • भक्तपुर नगरपालिकाद्वारा एसईई लक्षित भर्चुअल कक्षा शुरु

    भक्तपुरपोष्ट संवाददाता८ वैशाख २०७७
    १२६१ पटक
    ८ वैशाख २०७७

    भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा कक्षा १० का एसईईका विद्यार्थीलक्षित भर्चुअल कक्षा प्रसारण शुरु गरेको छ ।

    नगर शिक्षा स्रोत व्यक्ति कृष्णप्रसाद कर्माचार्यका अनुसार भादगाउँ टेलिभिजनमार्फत् हरेक साँझ ५ बजे देखि ८ बजेसम्म विभिन्न विषयको कक्षा सुरु भएको हो ।

    एसईई परीक्षाको लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली, सामाजिक आदि सबै अनिवार्य विषयको कक्षा सञ्चालन भइरहेको जनाइएको छ ।

    नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गत बिहीबार सम्पन्न नगर शिक्षा समितिको बैठकले भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    कोरोना संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्न नगरपालिकाको प्रायोजनमा एसईई लक्षित भर्चुअल कक्षा भादगाउँ टिभीमार्फत प्रसारण गर्ने निर्णय गरेको थियो ।

    बैठकले कक्षा प्रसारणको लागि आवश्यक व्यवस्था नगर शिक्षा शाखालाई जिम्मेवारी दिने निर्णयसमेत गरेको थियो ।

    उक्त कक्षा सबै विद्यार्थीले हेरेका छन्, छैनन् भनेर सम्बन्धित विद्यालयमा सम्पर्क गरेर बुझ्ने प्रयास भइरहेको नगरपालिकाले जनाएको छ । विद्यार्थीले पढाएको विषयबस्तु नबुझे शिक्षकलाई फोनमार्फत् सोध्न सकिने जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...