News Portal

  • इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन आवश्यक

    सत्यराम कासिछवा
    ८३१ पटक

    आज भन्दा करिब दुई दशक अघिसम्म विद्यालयको कक्षा ९–१० तथा उच्च शिक्षाको प्रवीणता प्रमाणपत्र तहमा ऐच्छिक विषयको रुपमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन्थ्यो । दुई दशक अघि नै विद्यालयको कक्षा ९–१० मा ऐच्छिक इतिहास, भूगोल र संस्कृति विषयमा विद्यार्थीको रुची क्रमश हट्दै गयो । शिक्षकहरुले पनि ती विषयहरुको आवश्यकता बारे उचित मार्गनिर्देशन दिन नसकेपछि बाध्य भएर ती विषयहरुको अध्ययन अध्यापन नै हुन छाड्यो ।

    विद्यालय तहमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन छाडेपछि उच्च शिक्षामा त्रिभुवन विश्वविद्यालयको प्रवीणता प्रमाण पत्र तहमा ऐच्छिक विषय छनोट गरेर पढ्ने विद्यार्थी क्रमश न्यून हुँदै आयो । फलस्वरुप हाल विश्वविद्यालयको तहमा इतिहास, भूगोल र संस्कृति विषय पढ्ने विद्यार्थी प्रायः शून्य सरह भएपछि प्राध्यापकहरु विगत ५–६ वर्ष भन्दा अघिदेखि हाजिर गर्ने र घर फर्किने अवस्था आए पनि तलब रोक्न सकिएको छैन ।

    तर ती प्राध्यापकहरुलाई पनि अन्य विषयगत क्षेत्रमा स्थानान्तरण गर्न पनि सम्भव भएन । तर पनि यदाकदा संस्कृतिको अध्यापन भए तापनि अनुसन्धान र खोजनीतिमा पर्याप्त नहुँदा आवश्यक जनशक्ति र व्याख्या विश्लेषणका लागि विदेशी विद्वान झिकाउनु पर्ने बाध्यताले नेपालको मौलिक ऐतिहासिक मूल्यमान्यता माथि प्रहार गरेको हामीले चाल पाउँदैनौं ।

    प्राविधिक धारका नयाँ विषयहरुको प्राथमिकताका कारण इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अध्यापन क्रमश ओझेलमा परेका छन् । विद्यालय स्तरको सामाजिक शिक्षामा पूर्वको टिस्टा देखि पश्चिम सतलज काँगडा सम्मको इतिहास, भूगोल र संस्कृति विषयगत रुपमा केही अंश राखेपनि विद्यार्थीको रुचि अन्य विषय तिर केन्द्रित छ भने कक्षा ११र१२ मा विषयगत पाठ्यक्रम समावेश छैन ।

    साथै ती विषयहरुको पाठ्यक्रमलाई समयानुकूल व्यवसायिक र रोजगारीका क्षेत्रमा परिर्वतन नगरी अनुसन्धान भन्दा सिद्धान्तको प्राथमिकता दिएका कारण विद्यार्थीमा ती विषय पढ्ने चेष्टा हराउँदा उक्त विषयमा विद्यार्थी खोज्नपुर्ने अवस्था आएको छ ।

    इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन पश्चात अब आफू कसरी पालिने भन्ने कुराको चिन्तासँगै एमसीसी सम्झौता तथा भारतीय अतिक्रमण र विस्तारवादी नीतिले नेपाली समाजको आफ्नै मौलिकता समेत गुम्न सक्ने अवस्था छ ।

    नेपाली समाजको विकासक्रममा आएका विविध घटनाहरुसँग प्रत्यक्ष सरोकारका यी विषयहरुमा नयाँ विद्यार्थीको दिनानुदिन अभावले राष्ट्रियता र देशभक्तिको भावना राम्रोसँग उजागर हुन सकेको छैन । जसले इतिहास, भूगोल र संस्कृति जस्ता विषयसँग जोडिएका ऐतिहासिक महत्व हराएर जाने र राष्ट्रियता माथि आँच आउने हुन्छ । जसले नेपालको पर्यटन उद्योगदेखि नेपालको ऐतिहासिक मौलिक पहिचानमा समेत धक्का पर्छ । साथै नेपालको इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अनुसन्धान र व्याख्या वर्णन गर्न समेत गैरनेपालीरविदेशीलाई गहार्नुपर्ने वा ल्याउनुपर्ने बाध्यात्मक परिस्थितिले राष्ट्रियता गुम्ने र देशको अस्तित्वमा समेत खतरा पर्छ ।

    यसर्थ देशको भूगोलमा रहेका स्रोतसाधन, खनिज पदार्थको न्यायोचित प्रयोग र प्रशोधन, ऐतिहासिक कला संस्कृतिको संरक्षण एवं सम्वद्र्धन सहित सार्वभौम देशको स्वाधीनता, स्वाभिमानमा उभिएर आत्मनिर्भर हुँदै देशको ऐतिहासिक मौलिक पहिचान सहित सुखी समृद्ध राष्ट्र निर्माणका लागि योग्य जनशक्ति तयार गर्न अन्य प्राविधिक विषयसँगै विशेष सहुलियत वा छात्रवृत्तिमा इतिहास, भूगोल र संस्कृति जस्ता विषयको अध्ययन अध्यापन हुनु टड्कारो आवश्यकता रहेको छ ।

    – भक्तपुर–९

    प्रतिकृया दिनुहोस्

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...

    अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि...

    Chinese Democracy Develops Living Standard

    The definition of democracy It is said that democracy is the system of governance for...

    महन्थको राजनीती धरापमा

      निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।...