News Portal

  • सञ्जेललाई कार्यकक्षमै कुट्ने २ महिला कर्मचारी बर्खास्त, प्रहरीले लिएन यौन हिंसाकाे उजुरी

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १९ साउन
    ११५३ पटक
    भक्तपुर, १९ साउन

    भ्रष्टाचारका बिरोधी अभियन्ताको रुपमा समेत सामाजिक संजालमा चर्चित श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल लाई कार्यकक्षमै हातपात गर्ने २ महिला बर्खास्त कर्मचारी बर्खास्त गरिएका छन् । सञ्जेलले आफूलाई कार्यकक्षमा कुटपिट गर्ने करार सेवामा कार्यरत २ कर्मचारीलाई कामबाट बर्खास्त गरेका हुन् ।

    शनिबार कार्यकक्षमा छिरेर उनकै कार्यालयमा कार्यरत करारामा काम गर्ने दुई महिला कर्मचारीले उनीमाथि कुटपिट गरेका थिए । पञ्चिङ मेशिन, चप्पल लगायतले प्रहार गर्दा सञ्जेलको अनुहार र हातमा चोट लागेको थियाे ।

    सञ्जेलमाथि हातपात भएपछी पुगेको मोरङ प्रहरीले ति दुई महिलालाई तत्कालै पक्राउ गरेकाे थियो । प्रहरीले अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान सुरु गरेको छ ।

    ससञ्जेलले अभद्र व्यवहारमा जाहेरी दिएपछि साेही मुद्दामा दुबैजनालाइ आइतबार म्याद थप गरि अनुसन्धान अघि बढाएको प्रहरीले बताएको छ ।

    पक्राउ परेका महिलाहरुले उपसचिव सञ्जेलमाथि यौन हिंसाको आरोप लगाएका भएपनि जाहेरी दर्ता गर्न मानेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काकाले कारवाही बाट बच्न उनीहरुले यौन दुर्व्यवहारको आरोप लगाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए । ‘कार्यालय प्रमुखलाई कार्यकक्षमा कुटपिट गरेपछि आरोप लगाएको देखियो । यो पुष्टि हुने अरु आधार देखिएन ।” उनले भने ।

    सञ्जेलले शुक्रबार करारमा कार्यरत नायव सुब्बा निर्मलकुमार दाहाललाई कामबाट निकालेका थिए । कुटपिटमा संलग्न भएका २ मध्ये नेत्र भट्टराई (निरौला) का नायव सुब्बा निर्मलकुमार दाहाल बहिनी ज्वाई हुन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...