News Portal

  • भक्तपुरमा सडक दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ११ भदौ
    ९१० पटक
    भक्तपुर, ११ भदौ

    भक्तपुरमा सडक दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । सूर्यविनायक ९ बासघारी स्थित अरनिको राजमार्गमा भएको दुर्घटनामा उक्त हताहती भएको हो ।

    दुर्घटना बिहीवार दिउसो करिब ३ बजेको समयमा भएको थियो । जगातीबाट साँगातर्फ जादै गरेको बा ३ ख ५३२२ नं.को तेल बोकेको ट्याङ्कर र बिपरित दिशाबाट आईरहेको बा २१ च ८८०५ नं. को पानीको जार बोकेको गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको थियो । दुर्घटनामा परि पानीको जार बोकेको गाडीको चालक मिलन मगरको ज्यान गएको हो ।

    गम्भीर घाईते भएका मगरको ईवामुरा मेमोरियल अस्पतालमा ज्यान गएको बताइएको छ । झापा अर्जुनधारा २ घर भएका मगरलाइ बेलुकी ४ बजेको समयमा सम्बन्धित चिकित्सकले मृत घोषणा गरेको प्रहरीले पुष्टि गरेको हो ।

    दुर्घटनामा उक्त गाडीका सहचालक मोरङ अमरदह ८ घर भई हाल जोरपाटी बस्ने बर्ष १५ को बिबेक राजबंशी गम्भीर घाईते भएका छन् भने सोही गाडीमा सवार काभ्रे साँगा घर भएकी बर्ष २२ की सृजना तामाङ र उनको १९ महिने छोरा सामान्य घाइते भएका प्रहरीको भनाइ छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...