News Portal

  • रहेनन् ‘हिउँ चितुवा’आङरिता शेर्पा

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ५ असोज
    ६८२ पटक
    भक्तपुर, ५ असोज

    विनाअक्सिजन सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम गरेका पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । बिना अक्सिजन १० औं पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमानी कायम गरेका शेर्पाको आज बिहान निधन भएको हो ।

    हिउँ चितुवाको उपनाम पाएका शेर्पाको बिहान १० बजे काठमाडौँको जोरपाटीस्थित निवासमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनको ७२ वर्षको उमेरमा निधन भएको हो । सन् १९४८ मा जन्मिएका आङरिताकाे पुख्र्यौली पेशा चौरीपालन भए पनि उनलाई पर्वातारोहणको आकर्षणले तान्यो । १५ वर्षकै उमेरदेखि उनी आरोहणमा लागेका थिए ।उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो नै अन्तिम आरोहण थियो । विनाअक्सिजन दश पटकको सगरमाथाको सफल आरोहण विश्वकीर्तिमानलाई भने अहिलेसम्म कुनै आरोहीले तोड्न सकेका छैनन् ।

    सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय ‘हिउँ चितुवा’कोे पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको बताइएको छ ।

    उनका तीन छोरा र एक छोरी छन् । शेर्पा छोरी डोमासंग जोरपाटीमा बस्दै आएका थिए । कमजोर आर्थिक अवस्था भएका उनलाई सरकारले बेवास्ता गरेपछि नेपाल पर्वतारोहण सङ्घले नियमित मासिक रु १५ हजार दिँदै आएको थियो । नेपालको नाम विश्वभरि फैलाउन सफल आफूलाई भारत सरकारले उतै बस्ने व्यवस्था मिलाइदिने प्रस्ताव राखे पनि उनले अस्वीकार गरिदिएका थिए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...