News Portal

  • दशैंमा तलेजुभित्र बली दिन नपाउने

    भक्तपुरपोस्ट संवाददाता
    १२१६ पटक

    भक्तपुर, २० असोज । यस वर्षको दशैं (२०७७) मा तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पुजामा बली दिन रोक लगाएको छ । त्यसै हरेक वर्ष तलेजु पुजाको लागि ६० वटा बोका, ३१ वटा राँगा, ३० वटा हाँस बलि दिने प्रचलन पनि यस वर्ष रोकिने भएको छ । नगरपालिकाले तलेजु भवानीको पुजालाई स्वास्थ्य सुरक्षा मापदण्ड र सामाजिक दुरी कायम गरी विधिपूर्वक सामान्य पुजा मात्र हुने बताएको छ ।

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरका प्रतिनिधि, गुठी संस्थान भक्तपुरका प्रमुख र तलेजुका पुजारीहरूको उपस्थितिमा नजिकिँदै गरेको विजया दशमी (दशैं) को अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रासँग सम्बन्धित सरोकारवालाहरूको बैठकले सो कुराको जानकारी गराएको हो ।

    त्यसै गरी विजया दशमी २०७७ को अवधि घटस्थापनादेखि कोजाग्रत पूर्णिमाको दिनसम्म भीडभाड नगरी औपचारिकतामा मात्र सीमित गर्ने नगरपालिकाको योजना नगरपालिकाको रहेको छ । घटस्थापनाको दिनदेखि विजया दशमीको दिनसम्म नगरका विभिन्न शक्ति पीठहरूमा हुने मेला, पुजा र नवरातको समयमा बाजा लिई वा नलिई कुनै किसिमले भीड हुने गरी मन्दिरहरूमा नजानको लागि जनतालाई आह्वान गरेको छ । साथै दशैं अवधिभर तलेजु परिसरमा पूजासँग सम्बन्धितबाहेक अन्य नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

    भक्तपुर जिल्ला प्रशासन कार्यालयका प्र.अ. यज्ञराज जोशी, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्य, महानगरी प्रहरी परिसरका प्र.ना.उ केशवकुमार थेवे, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष, भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, तलेजुमा हुने जात्रासँग सम्बन्धित सरोकारवाला सिद्धिवीर कर्माचार्य, प्रज्ञेशराज राजोपाध्याय, पदम कर्माचार्य र महेश कर्माचार्यले कोरोनाको विषम् परिस्थितिमा यस वर्षको दशैंलाई सामान्य औपचारिकतामा सीमित गरी सुरक्षित रुपमा चाडपर्व मनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...