News Portal

  • सम्झौता र सहमति युद्धरत पक्षहरु बीचमै हुने हो : प्रचण्ड

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ कार्तिक २०७९
    ४३४ पटक
     भक्तपुर, २९ कार्तिक २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामपन्थी र लोकतान्त्रिक शक्तिहरु वीचको एकताको मात्रै अर्थ रहने बताएका छन् । आज गोरखाको पालुङटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, “सम्झौता र सहमति भन्ने कुरा युद्धरत पक्षहरु बीचमै हुने हो, आमने सामन्ने बसेर लड्नेहरुकै बीच हुने हो, सहमति हुने विमती राख्नेहरुकै बीचमा हो । एउटै मत राख्ने बीचमा हुने सहमति र सम्झौताले देशलाइ निकास दिँदैन । त्यस कारण नेपाली काँग्रेस र वामपन्थीहरुको बीचमा भएको सहमतिले मात्र अर्थ राख्दछ ।” उनले भने ।

    माओवादी प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झौतादेखि गठबन्धन सुरु भएको उनको भनाइ छ । सत्ता गठबन्धन दलले गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गरेकै दिन आफूले रुखमा छाप लगाएको र तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले हँसिया हथौडामा छाप लगाएको बताए ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी र कांग्रेसबीच विस्तृत शान्ति सम्झोतादेखि गठबन्धन सुरु भएको बताएका छन् । उनले सो ऐतिहासिक आधारमा दुई दलको गठबन्धन रहेको बताउँदै अहिले कांग्रेस मतदाताले हसिँया हथौडामा छाप लगाउने कि नलगाउने भन्दै प्रश्न गरे ।

    उनले राष्ट्रको ऐतिहासिक आवश्यकता र महत्वलाई ध्यान दिएर अहिलेको गठबन्धन बनेको बताए । प्रचण्डले भने, ‘यो देशमा जहिलेसम्म संविधानमाथि खतरा हुन्छ,जहिलेसम्म अराजकता रहन्छ त्यो बेलासम्म यो गठबन्धन रहन्छ । यो गठबन्धन प्रतिगमनको खतरा रहँदासम्म यो गठबन्धन रहन्छ । त्यो दश पन्ध्र वर्षसम्म पनि कायम रहन सक्छ । यो गठबन्धनलाई दृढतापूर्वक समर्थन गर्न आग्रह गर्छु ।’

    उनले गोरखाका आफ्नो उम्मेदवारी अवसर र चुनौतीको रुपमा रहेको बताउँदै शान्ति,आर्थिक विकास र समृद्धिको अभियान गोरखाबाट सुरु गर्न आफ्नो उम्मेदवारी रहेको बताए । त्यसका लागि कांग्रेसले आफूलाई सहयोग गर्ने उनले विश्वास व्यक्त गरे । प्रचण्डले गोरखाबाट गरिएको विकास र समृद्धिको यात्रा देशभरीनै देखिनेगरी काम गर्न आफू गोरखा आएको बताए । उनले फेरी प्रतिगमन माथि नउठाउन गठबन्धन दललाई निर्वाचित गर्न आग्रह गरे ।

    हिजो युद्धका क्रममा राज्य पक्षबाट र विद्रोही माओवादीको तर्फबाट पूरै जित्ने अवस्था नरहेको,युद्ध लम्ब्याउँदै गर्दा ५० हजारबढीको मृत्यु हुने अवस्था समेत रहने र विदेशी सेना आएर हस्तक्षेप गर्ने अवस्थामा माओवादी र कांग्रेस मिलेर शान्ति प्रक्रिया सुरु गरेको बताए ।

    त्यो परिस्थितिलाई शान्तिपूर्ण अवस्था ल्याउन विस्तृत शान्ति सम्झौता नगरेको भए देश गम्भीर दुर्घटनामा जाने अवस्था आउने र त्यस्तो परिस्थितिबाट देशलाई शान्तिको युगतर्फ ल्याउन कांग्रेस तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र आफूले भूमिका खेलेको बताए । उनले कोइराला शान्तिको नायक रहेको बताउँदै कांग्रेस नेता पौडेलले आफूलाई शान्ति र क्रान्तिका नायक भनेकोमा खुसी व्यक्त गरे ।

    कार्यक्रममा प्रचण्डले गोरखामा गेमचेन्जर आयोजनको रुपमा बुढीगण्डकी जलबिद्युत आयोजना रहेको उल्लेख त्यसलाई पूरा गर्ने प्रतिबद्धता जनाए । गोरखामा सडक सञ्जालबाट गोरखालाई समृृद्ध बनाउने,यहाँका टारहरुमा सिंचाईको सुविधा पुर्याएर आर्थिक विकास गर्ने,हिमालीय पर्यटनको विकास,जडिबुटी प्रशोधनबाट यहाँका जनताको आर्थिक विकास गर्न सकिने,गोरखकाली रबर उद्योगलाई सञ्चालन गरेर यहाँको युवाहरुलाई रोजगारी दिन पहल गर्ने बताए ।

    उनले पालुङटारमा एयरपोर्ट बनाएर पाइलट तालिम केन्द्र बनाउने सपना समेत सुनाए । उनले आफूले गोरखामा घरदैलो गर्दा यहाँका जनताको चाहना सबै बाटो कालोपत्रे होस भन्ने चाहना रहेको बताउँदै आफूले पहिलो काम गर्ने प्रतिज्ञा गरे । उनले प्रत्येक वडामा कालोपत्रे बाटो लगेर पालुङटारलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने उल्लेख गरे ।

    उनले युद्धका क्रममा मारिएका कांग्रेसका नेता कार्यकर्ताको नाममा स्मारक बनाउने बारेमा विधेयक अघि बढाइएको उल्लेख गर्दै ओलीले संसद विघटन नगरेको भए सो विधेयक पास भइसक्ने उल्लेख गरे ।

    उनले माओवादी युद्धका क्रममा माओवादीका कारण ज्यान गुमाउन बाध्य भएकाहरूको परिवारलाई भेटेर कुरा गर्न चाहेको उल्लेख गरे । उनले गठबन्धनलाई कमजोर बनाउने स्वतन्त्र उम्मेदवारको कुरा नसुन्न समेत आग्रह गरेका छन् । कार्यक्रममा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइ, माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...