सुनसरी क्षेत्र नम्बर–४ बाट सूचना तथा सञ्चार मन्त्री एवम् नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले एमालेका नगदीश कसियैतलाई ११२ मत अन्तरले निर्वाचित भएका हुन् ।
कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गरेका थिए । भने एमालेका कुसियैतले ३० हजार ३ सय ७१ मत पाए ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नु भएको छ ।
मन्त्री कार्कीले २०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ बाटै विजय हासिल गरेका थिए ।