News Portal

  • ७८ वर्षमा अमिताभ, अझै उस्तै ऊर्जा

    ७२२ पटक

    मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चन आइतबारबाट ७८ वर्षमा लागेका छन् । यसपटक कोरोना भाइरसबाट संक्रमित भएर केही समय आइलोसेसनमा उपचार गराएपछि उनी ठीक भएका हुन् । अहिले आफू पूर्ण स्वस्थ रहेको र आफूले काम पनि गरिरहेको उनले बताएका छन् ।

    आफू अझै उत्तिकै तन्दुरुस्त रहेको अमिताभको कथन छ । नियमित आहारविहार र सन्तुष्टिले नै आफूलाई यो उमेरमा पनि तन्दुरुस्त बनाएको यी अभिनेताले बताएका छन् ।

    उनले आइतबार पूजा गरेर परिवारका साथ जन्मदिन मनाएका छन् । आफूलाई जन्मदिनको शुभकामना दिने आउने शुभचिन्तकहरूलाई उनले घरबाटै हात हल्लाउँदै धन्यवाद ज्ञापन गरेका छन् । उनलाई शुभकामना दिन आइतबार बिहानैबाट उनको घरअगाडि दर्शकको भिड थियो ।

    यिनै शुभचिन्तककै प्रेरणा र मायाले आज आफू यो अवस्थामा पुगेको अमिताभले बताएका छन् । देशविदेशबाट आफूलाई जन्मदिनको शुभकामना प्रकट गर्ने सबैलाई उनले धन्यवाद पनि ज्ञापन गरेका छन् । अहिले आफू टेलिभिजन कार्यक्रम र नयाँ फिल्मको छायांकनमा रहेको अमिताभको कथन छ । एजेन्सी

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...