News Portal

  • ममाथि बलात्कार हुन सक्थ्योः बलिउड अभिनेत्री अमीषा पटेल

    १८८० पटक

    एजेन्सी । बलिउड अभिनेत्री अमीषा पटेलले बिहारमा भएको चुनावी प्रचार प्रसारका क्रममा एलजेपीका उम्मेदवार डा। प्रकाश चंद्राले आफूलाई धम्की दिएको बताएकी छिन् ।

    उनले भारतीय सञ्चार माध्यमलाई दिएको बयानअनुसार डा।प्रकाश चंद्रालाई उनी एक पाहुनाको रुपमा भेट्न गएकी थिइन् । उनी निकै खतरनाक व्यक्तित्व हुन् । उनले भनिन्, ‘उनले ब्ल्याकमेल गर्नुका साथै मेरो टीमसँग पनि निकै नराम्रो व्यवहार गरे । उनले म मुम्बई पुगेपछि म्यासेज र फोन गरेर धम्की दिन थाले ।’

    अमीषाले भनिन्, ‘उनले तीन घण्टासम्म आफूसँग मिल्न दबाब दिए । मैले सोही दिन फ्लाइट भेट्नुथियो । तर उनले मलार्ई यस्तो गर्न दिएनन् । उनले मलाई गाउँमा राखे र धम्की दिए । यदि म सहमत नभए उनले मलाई गाउँमा नै छोडिदिने धम्कीसम्म दिए ।’

    उनले आफू गाउँमा हुँदा चुपचाप बसेको र मुम्बई पुगेपछि साँचो कुरा बाहिर ल्याएको भन्दै भनिन्, ‘मेरो बलात्कार पनि हुन सक्थ्यो । हत्या पनि हुन सक्थ्यो । मैले कुनै पनि सुरक्षा व्यवस्था नगर्नु मेरो पागलपन थियो । मेरो गाडीलाई उनका मान्छेहरुले घेरेर राखेका थिए ।’

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...