News Portal

  • पूर्वसभामुख महरालाई पत्नी शोक

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १९ कात्तिक
    १२१६ पटक
    भक्तपुर, १९ कात्तिक

    पूर्वसभामुख एवं सांसद नेकपाका नेता कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उनको जीवनसंगिनी सिता महराको असमायिक निधन भएको हो ।

    उपचारको क्रममा उनको बुधवार बिहान नर्भिक हस्पिटल काठमाडौंमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । नर्भिक अस्पतालमा उपचारको क्रममा आज बिहान ६ः२५ बजे निधन भएको अस्पतालले पुष्टि गरेको पारिवारिक श्रोतले जनाएको हाे ।

    दशैंमा पुख्र्यौंली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याइ नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो । नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

    सीता महरा माइस्थेनिया नामक रोगबाटसमेत विगत १० वर्षदेखि पीडित थिइन् । उनको जन्म २०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा भएको थियो। कृष्णबहादुर महरासँग उनको विवाह २०३५ सालमा भएको थियो। उनी तत्कालिन जनयुद्धमा नेता महरा संगै होमिएकी थिइन् । उनका निर्मल, राहुल, उन्नती र प्रगति गरी २ छोरा र २ छोरी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...