News Portal

  • नेमकिपा बाकेको प्रथम जिल्ला परिषद सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १० माघ
    १०५४ पटक
    भक्तपुर, १० माघ

    नेपाल मजदुर किसान पार्टीको ४७औं स्थापना दिवस तथा नेमकिपा बाँकेको प्रथम जिल्ला परिषद सम्पन्न भएको छ । नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा परिषद शनिवार सम्पन्न भएको हो ।

    नेमकिपाका बाके जिल्ला अध्यक्ष बखत थापाको अध्यक्षताम सम्पन्न परिषद बैठकमा प्रमुख अतिथि प्रजापतीले समसामयिक राजनितिक विषय, पार्टीको विधान र कार्यकर्तामा अनुशासन सम्बन्धी प्रशिक्षण दिएका नेता डिल्लीबहादुर पुनले बताए ।

    प्रजापतिले संसदबाट समाजवाद आउँछ भन्नु संसोधनवादी सिद्धान्त भएको बताउदै नेमकिपाले स्थापनाकालदेखि नैतिकता र सिद्धान्तको राजनीति गरिरहेको स्पष्ट पारे । सक्षम र योग्य व्यक्तिलाई देशको नेतृत्व तहमा पु¥याउनुपर्नेमा जोड दिदै उनले आर्थिक प्रलोभनमा नपरी इमान्दार व्यक्तिलाई निर्वाचित गराउन जनतालाई प्रेरित गर्नुपर्ने आवश्यकता औल्याएका थिए । नेमकिपाले आफ्नो घोषणापत्रलाई अक्षरस पालना गर्दै अघि बढ्ने पार्टी भएको उनको भनाइ छ ।

    उक्त कार्यक्रममा स्वागत मन्तब्य गौरिकान्ता आचार्याले गरेकी थिइन् भने रोशन मैयाँ सुवाल, राजेन्द्र चवाल लगायतले पनि आफ्नो मन्तब्य राखेका थिए ।

    विभिन्न जनबर्गिय संगठन लगायत पार्टीको नगर तथा गाउन्पलिकाहरुको राजनितिक र आर्थिक प्रतिबेदन पेश भए पश्चात् ४ जना जिल्ला सदस्य तथा ३ जना बैकल्पिक जिल्ला सदस्य मनोनयन गरेपछि परिषद समापन भएको नेता डिल्ली बहादुर पुनले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...