News Portal

  • पशुपति क्षेत्रमा क्रिश्चियनको पक्की चिहान निर्माण तत्काल रोक्न माग

    राससकाठमाडौं, ३० चैत
    १२९५ पटक
    काठमाडौं, ३० चैत

    सनातन धर्म महासङ्घ नेपालले पशुपति क्षेत्रको श्लेषमान्तक वनमा इसाइ (क्रिश्चियन) सम्प्रदायको पक्की चिहान निर्माण तत्काल रोक्न माग गरेको छ ।

    महासङ्घका महासचिव अम्बर परियार नेतृत्वको टोलीले आज पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदिप ढकाललाई ज्ञापनपत्र हस्तान्तरण गरेको छ । सर्वोच्च अदालतको २०६८ जेठ १ गतेको परमादेश विपरीत पशुपतिनाथको वन क्षेत्रमा इसाइ धर्मावलम्बीले शव गाड्ने र पक्की चिहान बनाउने कार्य गरिरहेको हुँदा यस्ता गतिविधि तत्काल रोक्न महासङ्घले माग गरेको हो ।

    ‘नेपालका मौलिक धार्मिक सम्प्रदायमाथि एकपछि अर्को विदेशी विधर्मी आक्रमण भइरहेको अवस्थामा पशुपति जस्तो हिन्दूहरूको आस्थाको केन्द्रमा चिहान बन्नु हाम्रो धर्ममाथिको आक्रमणको रुपमा लिएका छौँ, कोषले यसलाई तत्काल नरोके कडा कदम चाल्न बाध्य हुने छौँ’, ज्ञापनपत्रमा उल्लेख छ ।

    यसअघि संसदीय अनुगमन समितिले पशुपति क्षेत्रको अनुगमनका क्रममा सांस्कृतिक सम्पदामाथिको अतिक्रमण रोक्न सरोकार भएका निकायलाई निर्देशन दिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...