News Portal

  • नयाँ नेतृत्व चयन गर्दै प्रलेस भक्तपुरको पाँचौं सम्मेलन सम्पन्न

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २७ फागुन
    ११२८ पटक
    pralesभक्तपुर, २७ फागुन

    प्रगतिशील लेखक संघ नेपालको भक्तपुर जिल्ला शाखामा नयाँ नेतृत्व निर्वाचित भएको छ । शुक्रवार सम्पन्न पाँचौं सम्मेलनबाट नयाँ नेतृत्व निर्वाचित भएको हो ।

    भक्तपुरको दुधपाटीस्थित भक्तपुर बहुमुखी क्याम्पसमा सम्पन्न पाँचौं सम्मेलनको बन्द सत्रले गणेश घिमिरे मार्मिकको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको निर्वाचन समितिका संयोजक मातृका पोखरेलले पुष्टि गरे । पोखरेलले जनाए अनुसार उपाध्यक्षमा रामशरण दाहाल, सचिवमा बाबुकाजी साछें श्रेष्ठ, सहसचिवमा जयन्ता पोखरेल र कोषाध्यक्षमा छन्दविज्ञान निरौला निर्वाचित भएका छन् ।

    त्यसैगरी कार्यसमिति सदस्यहरुमा राजकुमार लामिछाने, सुसिला ढकाल, कमल मिश्र, नारायण राजथला, बुद्धिकुमार घो, माया दोङ्ग, राजेश्वरी शिल्पकार, प्रदिपजामन: श्रेष्ठ, युवराज ढकाल, ईश्वरीप्रसाद शर्मा र लक्ष्मी थापा निर्वाचित भएका बताइएको छ ।

    नवनिर्वाचित सिंगो कार्यसमिति नै सर्वसम्मतरुपले निर्विरोध निर्वाचित भएको निवर्तमान अध्यक्ष डिपी ढकालले जानकारी दिए । नवनिर्वाचित भक्तपुर जिल्ला कार्यसमितिलाई केन्द्रीय अध्यक्ष प्राडा जिवेन्द्रदेव गिरीले सपथग्रहण गराएका थिए ।

    सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष प्राडा गिरी, निवर्तमान केन्द्रीय अध्यक्ष मातृका पोखरेल, प्राज्ञ नन्दु उप्रेती, लेखक एवं राजनीतिकर्मी निर्मल भट्टराई लगायतले बामपन्थी विचारलाई व्यवहारमा लागू गर्न प्रगतिशील लेखकहरुले कलम चलाइरहनुपर्ने आवश्यकता औल्याएका थिए । जनताको भरोषा आफूहरूमा रहेको भन्दै क्रान्तिकारी र आलोचनात्मक चेतलाई निभ्न दिनु नहुनेमा उनीहरुले जोड दिए । निवर्तमान अध्यक्ष डिपी ढकालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको संचालन सचिव चुडामणी पौडेलले गरेका थिए ।

    उक्त अवसरमा भक्तपुरमा रहेर जनताको पक्षमा लेख्ने लेखकहरुलाई सम्मानित समेत गरिएको छ । सम्मानित हुनेहरुमा प्राडा त्रिरत्न शाक्य,संविधान सभा सदस्य सत्यलाल मूल, जीवनाथ अधिकारी,मनोहर लामिछाने र कृष्णमोहन जोशी रहेका प्रलेसले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...