News Portal

  • मन्त्रीहरुलाई फिर्ता बोलाउने जसपाको तयारी

    भक्तपुरपोष्ट संम्वादाता भक्तपुर, असार १७ २०७९
    २५५ पटक
    भक्तपुर, असार १७ २०७९

    जनता समाजवादी पार्टी(जसपा)ले केन्द्र सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई अलग हुने स्थितिमा पुगेका बेला जसपाले मन्त्री हेरफेरको पनि तयारी गरेका छन् ।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले, हालका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने गृहकार्य भइरहेको जानकारी दिएका छन् । बिहान यादवले भने, ‘मन्त्रीहरु फिर्ता बोलाएर नयाँलाई पठाउने गृहकार्य भइरहेको छ तर को–कोलाई सरकारमा पठाउने भन्ने टुंगो लागिसकेको छैन ।’

    हाल सरकारमा जसपाबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव, वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव छन् ।

    यसअघि सत्ता गठबन्धनको अर्को घटक एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनेकाहरुलाई हेरफेर गरिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...