News Portal

  • अखिल क्रान्तिकारीको विवाद मिलाउन सुझाव समिति गठन

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २५ असार २०७९
    ८९४ पटक
    भक्तपुर, २५ असार २०७९

    नेकपा माओवादी केन्द्रले विद्यार्थी सङ्गठन अनेरास्ववियु क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न सुझाव समिति गठन गरेको छ ।

    आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले पूर्व विद्यार्थी नेताहरू रमेश मल्ल, नरेन्द्र न्यौपाने र रत्न ढकाल रहेको तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सुझावका आधारमा स्थायी कमिटीले निर्णय गर्ने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । अखिल क्रान्तिकारीमा उपाध्यक्ष पवन कार्की समूहले छुट्टै सम्मेलन आयोजक समिति बनाएर समानान्तर गतिविधि गरिरहेको छ ।

    नेतृत्व चयनका क्रममा सुरु भएको अखिल क्रान्तिकारीको विवाद अहिले चरम उत्कर्षमा पुगेको छ । केन्द्रीय समिति उपाध्यक्षसमेत रहेका पवन कार्कीको नेतृत्वमा समानान्तर कमिटी गठन भएको । कार्की नेतृत्वको असन्तुष्ट समूहले नयाँ राष्ट्रिय सम्मेलनको घोषणा समेत गरेका छन् ।

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...