News Portal

  • संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुने गगन थापाको दाबी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २७ असार २०७९
    ११५ पटक
    भक्तपुर, २७ असार २०७९

    नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संवैधानिक परिषद सम्बन्धी विधेयक फिर्ता हुने बताएका छन् । विधेयक फिर्ता लिने भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले भनिसकेको उनले जानकारी दिए ।

    आज ललितपुरमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले राष्ट्रिय सभामा दर्ता भएको संवैधानिक परिषद सम्बन्धी विधेयक आज–भोलि नै फिर्ता हुने बताए । प्रधानमन्त्री देउवाले गत बुधबार संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गरेका थिए ।

    तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ल्याइएको अध्यादेशसँग मिल्दोजुल्दो प्रावधान राखी अहिलेको सरकारले विधेयक ल्याएपछि आलोचना हुँदै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    गठबन्धनबाट भक्तपुरको २ प्रदेश क्षेत्र माओवादी केन्द्रले पाउने सचिव पोख्रेलको खुलासा

    बागमती प्रदेश सभाका लागि भक्तपुरमा गठबन्धनबाट  माओवादी केन्द्रले उम्मेदवारी पाउने पार्टी सचिव लीलामणि पोख्रेलले खुलासा...

    दशैंमा सार्वजनिक यातायात ब्यवस्थापनका लागि भक्तपुरको विशेष योजना

    भक्तपुरमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष संचालन...

    संविधानको रक्षा नै वर्तमान सरकारको प्रमुख उपलब्धी

    durlabh thapa

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले संविधानको रक्षा गरेको दावी गरेका...

    आतंक सिर्जना गर्ने समूह नसमातिएको विरोधमा प्रदर्शन

    pradarsan

    नेकपा(एकीकृत समाजवादी) का भक्तपुर जिल्ला अध्यक्ष श्याम सुन्दर बस्नेतको घरमा पुगी परिवारलाई आतंकित पार्ने समूह...

    प्रेस सेन्टरको उपत्यका प्रदेश महासचिवमा रोजिना थापा

    rojina

    नेकपा(माओवादी केन्द्र) को शुभेच्छुक पत्रकार संगठन प्रेस सेन्टर नेपालले आफ्नो उपत्यका प्रदेशको महासचिवमा रोजिना थापालाई...