News Portal

  • मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न प्रतिबद्ध भएर लागेका छौः मन्त्री श्रेष्ठ

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर, २९ असार २०७९
    ४२२ पटक
    भक्तपुर, २९ असार २०७९

    भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्यालाई दिगो रुपमा समाधान गर्न मन्त्रालय प्रतिबद्ध भएर लागेको बताएका छन् ।

    मुक्त हलीया मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका लागि आज भएको सरोकारवाला मन्त्रालय र निकायहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले समस्या समाधानका लागि कार्ययोजना नै बनाएर अगाडी बढ्ने तयारी भइरहेको बताए ।
    मन्त्री श्रेष्ठले ,मन्त्रालयले विषयगत समितिको बैठकमा समेत मुक्त हलीया ,मुक्त कमैया, कमलरी र हरवाचरवाको समस्या समाधानका विषयमा छलफल गरेर तीनै तहमा समन्वयका लागि पहल शुरु गरिसकेको भन्दै केन्द्रीय तहमा सरोकारवाला मन्त्रालयसँगको छलफल अगाडी बढाइएको जानकारी दिएका छन् ।

    हलीया र कमैया कमलरी मुक्त भइसकेको र कमैया श्रम (निशेध गर्ने) ऐन कार्यान्वयनमा रहेको अवस्थामा यसको प्रभावकरी कार्यान्वयन गरेर हरवा चरवाको समस्या समाधान गर्नु पर्नेमा मन्त्री श्रेष्ठले जोड दिएका छन् ।

    उनले आगामी वर्षको नीति तथा कार्यक्रम र वजेटमा समेत यस विषयलाई प्राथमिकतामा राखिएको बताएका छन् । छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालय, मुक्त हलीया, मुक्त कमैया, कमलरी र हरवाचरवाको अध्ययन समितिका पदाधिकारी र प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...