News Portal

  • कांग्रेसकी पुष्पा भुसाललाई उपभासमुख बनाउने गठबन्धनको तयारी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २९ असार २०७९
    ३७७ पटक
    भक्तपुर, २९ असार २०७९

    पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी गरेको छ । संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ देखि १ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

    उम्मेदवार चयन गर्ने विषयमा गठबन्धनका नेताहरुबीच छलफल भएको छ । छलफलका आधारमा भुसाललाई उम्मेदवार बनाउने गरी गृहकार्य अगाडि बढाइएको छ । तर, कांग्रेसमा उपसभामुखका लागि भुसाल बाहेक डिला संग्रौला लगायतले पनि दाबी प्रस्तुत गर्दै आएका छन ।

    भुसालले भने उपसभामुखभन्दा मन्त्रीका लागि चाहना राख्दै आएकी थिइन् । नेताहरुका अनुसार मन्त्री नभए प्रमुख सचेतक पाउनुपर्ने भुसालको दाबी थियो ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...