News Portal

  • गृहमन्त्रीको निर्देशनः अछाम पहिरोमा परेकाको उद्धारमा कुनै कमी नहोस्

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ९ साउन २०७९
    १९९ पटक
    भक्तपुर, ९ साउन २०७९

    गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।

    गृहमन्त्री खाणले अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डागीलाई टेलिफोन गरेर आवश्यक पर्ने सहयोगबारे मन्त्रालयमा जानकारी गराउन निर्देशन दिदै घाइतेको यथाशीघ्र उपचार र तत्कालको राहत उपलब्ध गराउन निर्देशन दिएका हुन्।

    आइतबार राति अमर विष्टको घर पहिरोमा पुरिँदा उनकी भाउजु हरिकला विष्ट, भाइ विरेन्द्र विष्ट र भतिज १५ वर्षीय संविधान विष्टको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिए ।

     

     

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...