News Portal

  • एकथरी मान्छेहरु प्रचण्ड सिद्धियोस् भनेर रातदिन धुप हाल्छन्ः प्रचण्ड

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,७ असोज २०७९
    २५४ पटक
    भक्तपुर,७ असोज २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकथरी मान्छेहरुले प्रचण्ड सिद्धियोस् भनेर रातदिन बसेर धुप हाल्ने गरेको बताएका छन् । अखिल नेपाल किसान महाससंघ क्रान्तिकारीको तेस्रो राष्ट्रिय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

    उनले अस्थिरताको कारक प्रचण्ड भएको भन्दै आरोपित गर्ने गरेको पनि बताए । ‘एकथरी मान्छेहरु बसेर रातदिन प्रचण्ड सिद्धियोस् भनेर धुप हालेर बस्छन् ’, उनले भने, ‘यो देशको अस्थिरताको कारक प्रचण्ड नै हो भनेर निकै प्रचार गरेका छन् । यो माओवादीको वा प्रचण्डको व्यक्तिगत कुरा होइन । यो नेपाल राष्ट्र र जनताको त्याग, तपस्या र बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउने षड्यन्त्र अन्तर्गत भइराखेको छ ।’

    जसले परिवर्तनको नेतृत्व गर्ने अवसर पायो उसैमाथि निरन्तर प्रहार भएको भन्दै प्रचण्डले आपत्ति जनाएका छन् । आफू केही समय अघि भारत भ्रमणमा जाँदा समेत त्यस्तै झूटा र कपोकल्पित प्रचार गरिएको प्रचण्डले बताए ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुरमा मेयर्स फोरमको बैठक, अख्तियारमाथि आक्रोशै आक्रोश

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आतिथ्यतामा उपत्यका मेयर्स फोरमको ८ औं बैठक सम्पन्न भएको छ ।...

    बैंकका सुरक्षा गार्डको हत्या

    सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ । सप्तकोशी नगरपालिका वडा नम्बर १...

    रुखमा बाधिँ आगो लगाएको अवस्थामा शव फेला

    छिमेकी जिल्ला काभ्रेमा एकाबिहानै बीभत्स अवस्थामा शव फेला परेको छ । बिहान साढे ८ बजेको...

    बिज्ञापन बुझ्दै बागीश्वरीका विद्यार्थी

    भक्तपुरको बागीश्वरी कलेजले स्नातक तेस्रो बर्षमा पत्रकारिता तथा आमसंचार  अध्ययनरत  विद्यार्थीहरुलाई बिज्ञापन बोर्ड र नेपाल...

    महिना दिनमा दुई सुरुङ छिचोलिएसँगै पूर्वाधार विकासमा फड्को

    मुलुकमा एक महिनामा दुई वटा सुरुङ छिचोलिएका छन् । यी दुई सुरुङमा एउटा सडक यातायात सुरुङ...