News Portal

  • ब्वाइफ्रेन्डसँग बस्दा भाडा नै तिर्न नसकेपछि तनावमा मल्लिका शेरावत

    अनलाइनपर्दा संवाददाता
    ३८९८ पटक

    काठमाडौ । बलिउड अभिनेत्री मल्लिका शेरावत फ्रान्स गएको लामै समय बितिसक्यो । उनी त्यहाँ ब्वाइफ्रेन्डसँग बस्ने गरेकी छन् । फ्रेन्च अदालतले मल्लिकालाई घर खाली गर्न आदेश दिएपछि उनीबारे अनेक तथ्य बाहिर आइरहेका छन् । अभिनेत्रीले घरको भाडा नतिरेपछि यस्तो फैसला सुनाइएको एएफपीले जनाएको छ ।

    एजेन्सीका अनुसार डिसेम्बर १४ मा मल्लिका र उनका लिभ इन पार्टनर सिरिल आक्सफेन्सलाई फयाल्टको भाडा (७८ हजार ७ सय ८७ युरो) तिर्न भनिएको थियो । भाडा नतिरेपछि अदालतले फर्निचर जफत गर्ने आदेश दियो । मल्लिका र सिरिल पेरिसको एरोनडिसेमेन्ट्समा बस्दै आएका छन् । यो त्यहाँको सबैभन्दा महँगो र भीभीआईपी सहर हो, जहाँ हलिउडका थुप्रै मेगा बजेट फिल्मको छायांकन हुने गरेको छ ।

    उनीहरू बसेको फ्ल्याटको भाडा प्रतिमहिना ६ हजार ५४ युरो (७ लाख ३६ हजार ६ सय ४० रुपैयाँ) छ । उनीहरूले अहिलेसम्म एक चोटि मात्रै २ हजार ७ सय १५ युरो तिरेका छन् । मल्लिकाको वित्तीय स्थिति कमजोर भएको र भरपर्दो जागिर पनि नपाएकाले भाडा तिर्न नसकेको उनका वकिललेबताएका छन् । तर, घरमालिकका अनुसार यो बयान झूटो हो । मल्लिकाले फ्ल्याट भाडामा लिएयता १० मिलियन युरो कमाइसकेको उनी बताउँछन् ।

    केही समयअघि मात्रै मल्लिकाले आफू पेरिसको अपार्टमेन्टमा बस्ने गरेको खबर झूटो भएको बताएकी थिइन् । कसैले आफूलाई डेरा दान दिएको भए त्यसको ठेगाना बताइदिन आग्रह गर्दै उनले व्यंग्यात्मक टीट गरेकी थिइन् । अहिले अपार्टमेन्टको भाडा नतिरेपछि उनको पोल खुलेको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर शाखाका बराललाई पत्रकार महासंघ उपत्यकाको रजत अभिनन्दन

    नेपाल पत्रकार महासंघको उपत्यका प्रदेश समितिले प्रदेश परिषद सदस्यहरु मध्येबाट २५ वर्षभन्दा बढी समयदेखि पत्रकारिता...

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...