News Portal

  • कतारमा सुपरस्टार नाइट्स

    अनलाइनपर्दा संवाददाता
    २०१३ पटक

    काठमाडाैं । संगिक्षा फिल्म्स इन्टरटेन्मेन्टले कतारमा सांगीतिक कार्यक्रम गर्ने भएको छ । मार्च ८ र ९ तारिखमा हुने सो कार्यक्रमबारे बिहीबार राजधानीमा प्रेसमिट गरी जानकारी दिइएको हो ।

    यसअघि दुबईमा दुईपटक नेपाली म्युजिक भिडियो अवार्ड आयोजना गरेको संगिक्षा फिल्म्सले कतारमा गर्ने सांगीतिक कार्यक्रमको नाम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ राखेको छ । कार्यक्रममा आनन्द कार्की, अनिल सिंह, राजनराज शिवाकोटी, हेमन्त शर्मा, युवराज चौलागाईं, राधिका हमाल, सेलिना कुँवर, एन्जिला रेग्मीलगायतका गायकगायिकाले गीत गाउनेछन् ।

    त्यसैगरी, जितु नेपालले प्रहसन, शंकर बिसी, निरुता सिंह, अनु शाहलगायतले नृत्य प्रस्तुत गर्ने जानकारी आयोजक संस्थाका प्रमुख मनोज केसीले दिएका छन् ।

    मार्च ८ मा अल्खोर स्टेडियममा हुने कार्यक्रममा सात हजार र ९ तारिखमा ग्रान्ड मलमा १० हजारभन्दा बढी दर्शकको उपस्थिति हुने विश्वास आयोजक छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...