News Portal

  • चुनावी हार पछि नेताको फिर्यो बुद्धि : बानेश्वरमा बसेर लगाए बटुवाको जुत्तामा पालिस्

    इभक्तपुर संवाददाताकाठमाडौँ, १६ माघ
    १३६२ पटक
    काठमाडौँ, १६ माघ

    नेपाली काँग्रेसका नेताहरुले आफैले आफ्नो जुत्तामा पालिस लगाए भन्दा पनि अनौठो मानुपर्ने बेलामा अर्काको जुत्तामा पालिस लगाए भन्दा बिस्वास नलाग्न सक्छ तर यो कुरा साचो हो ।

    कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानले शहीद दिवसको अवसर पारेर आज नयाँ बानेश्वरमा आयोजना गरेको एक कार्यक्रममा नेताहरुले बटुवाको जुत्तामा पालिस लगाउदै शहिद दिवसको अवसर पारेर ‘राजनीतिक शुद्धीकरण’ अभियानको आरम्भ गरेका हुन् ।

    सो कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, विनोद भट्टराईलगायतले बाटो हिँड्ने (बटुवा)को जुत्तामा पालिस लगाएका थिए ।
    सन्त नेता कृष्ण प्रसाद भट्टराईले एक गरिब बाल कांग्रेसलाई , ‘स्कूल जाने पैसा नभए दिनको एक घन्टा शहरको चोकमा बसेर जुत्ता पालिस गर ’ भन्ने सुझाव दिएको स्मरणमा नेताहरुले यो अभियान चलाएको बताएका छन ।
    काँग्रेस नेता चन्द्र भण्डारीले विभिन्न देशमा चिया बेच्ने व्यक्ति प्रधानमन्त्री भएको वर्तमान अवस्थामा नेपालमा श्रमको सम्मान नभएको भन्दै कृष्णप्रसाद भट्टराईको त्याग र आदर्शलाई पछ्याउन उक्त अभियान थालिएको दावी गरे ।
    उक्त अवसरमा जुत्ता पालिसबाट नेताहरुले कमाइ गरेका रु ३० हजार कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानको कोषमा जम्मासमेत गरिएको जानकारी प्राप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...